कला

नरुवाऔं संसारका गुरुलाई

कविता

पृथ्वी राज चौहान

पृथ्वी राज चौहान

कक्षा : ८, अक्षरा स्कूल, काँडाघारी, काठमाडौं।  

मलाई नराम्रो लाग्यो जब मैले स्कूल र मेरा आदरणीय गुरुका बिषयमा समाचार पढे। एक जना प्रिन्सिपलले आत्महत्या गरेको समाचारले मलाई अझ दुःखी बनाएको छ। कोरोना भाइरसको महामारीमा सयौं समस्यासँग जुध्दै धैर्य र संयम भएर गुरुहरूले शिष्यलाई ज्ञान बाँडिरहनु भएको छ। म सबै गुरुलाई सम्मान गरी हौसला र साथ दिनुहुन सम्वन्धित निकायलाई विनम्र अनुरोध गर्दछु। ससारका सबै गुरुप्रति नमन गर्दै उहाँहरूको सुस्वास्थ्य एवं दीर्घायूको कामना गर्दछु। गुरुको सम्मानमा मैले लेखेको कविताः    

गुरु उपाय रचिकन विषय अभ्यास गराउँछन्।

गुरु पाठ सजिलो बनाई खुट्किला चढाउँछन्।

गुरु एक रुप अनेक जीवनदर्शन गराउँछन्।

गुरु कुरा सुनिबुझि व्यावहार गर्दछन्।

गुरु मुसुक्क मुस्कुराई शान्तमय बनाउँछन्।

गुरु सारथी हुन्, यात्रा सहज बनाउँछन्।

गुरुको मीठो बोलीले अमृतपान गराउँछन्।

गुरु हुन् बत्ति, आफैं जलेर उज्यालो दिन्छन्।

गुरु हुन् समुद्व, आफू डुबेर ज्ञान पिलाउँछन्।  

गुरु अवसर दिई, लक्ष्य तय गराउँछन्।  

गुरु हुन् आदर्शका मूर्ति, भबिश्य बनाउँछन्।  

गुरु हुन भगवान, अनेकतामा एकता ल्याउँछन्।

गुरुलाई पीर परे शिष्यका आँखा रसाउँछन्।  

गुरु संकटमा परे शिष्य छटपटाउँछन्।

गुरु बचाए भोली फेरी विहानी ल्याउँछन्।

प्रकाशित: २३ श्रावण २०७७ ०८:३२ शुक्रबार

जूनकीरी गुरु