कला

झोला

बालकविता

रामसुन्दर देउजा

 

मेरो सानो झोला

कता परयो होला

माथि खोजे तल खोजे

कतै देखिन

बाहिर हेरे भित्र हेरे

अहँ भेटिन

मेरो सानो झोला

कता परयो होला

दराजभित्र परयो कि

खाटमुनि झरयो कि

छल गरी कसैले

हँस्सीमजाक गरयो कि

मेरो सानो झोला

कता परयो होला

मैलो देखी आमाले

धुन लानु भो कि

किनमेल लिन बाबा आज

बजार जानु भो कि

मेरो सानो झोला

कता परयो होला ।

प्रकाशित: २२ श्रावण २०७७ ०७:१३ बिहीबार

जूनकीरी