कला

गोकुल अधिकारीका दुई मुक्तक

 गोकुल अधिकारी

 

             समृद्धि

 

न्यानो घामको उज्यालो नै ओझेलभित्र परेपछि

शिखर चुम्ने पाइलाहरू ओरालोमा झरेपछि 

समृद्धिको सपनाले कहाँ बाजी मार्न सक्ला

विनापानी बाझो खेतमा बीउ मात्र छरेपछि ।

               विकास

 

विकास सुवास नभएको फूलले घोच्छ 

अराजक मान्छेको हूलले घोच्छ

ठेकेदारहरू चलाख भएको यो मुलुकमा

बनिनसक्दै भत्कने पुलले घोच्छ ।

प्रकाशित: २१ श्रावण २०७७ ११:४५ बुधबार

अक्षर मुक्तक