कला

जीवनको नक्शा

कविता

 पुष्प अधिकारी अञ्जलि

म झसँङग हुन्छु ,

त्यसरी नै सोध्छु ...

तिमी अरूको मन छाम्न सक्छौ ?

... अरूको भावनाहरूमा

कविता जन्माऊन सक्छौ ?

जीवनका यात्राहरूमा ,

दुःखका कविताहरू कति लेख्यौ ?

मनका घाऊहरूमा

अक्षरका बिम्वहरू कति पोख्यौ ?

कविता लेख्थे घाऊहरूको ,

आज पनि लेख्दैछु उस्तै घाऊका

पीडाका कविताहरू .

. मदिराको बोतल

शिकारको दुनामा राखेर ,

यदि जीवन छाम्ने हो भने ,

म मधुशालामा कविता लेख्थे ,

झरीमा रूझेको साँझ जस्तै ,

नियास्रो बोकेर ,

बुहारीबाट शोषित बुढी आमाहरूको ,

घर छोडनुपर्ने बिवशतामा ,

कविता लेख भन्छौ भने ,

म इमान्दार लठ्ठीको कविता लेख्थेँ

जसले कहिल्यै छलकपट जानेन ,

त्यसतै

सुहागरातको दिनमा

देशको सेवा गर्न

रङ्गिन सपनाहरूको हत्या गरेर

देशको सिमानाळाई ओछ्याएर

न्यानो सपना बोकेर ,

धुमिल छाँयामा

आफ्नो नव दुलहीको

तस्वीर बनाउने सेनाहरूको

कविता लेख भन्छौ भने ,

रातो सिन्दूर सँगै

पहिलो रातमा आफनो ,

जीवनसाथीको

तस्वीर बनाउन नपाउँदै

टाढिएको अनुहारहरूको

कविता लेख्थेँ ।

हो साथी ,

सपनाहरूलाई बन्दकी राखेर

म ठुलो भएछु भने ,

साँच्चै ठुलो हुन नपाउँदै ,

बिदेशिनुपर्ने पीडामा ,

कविता लेख भन्छौ भने ,

म ति कलिला हातहरूमा उठेका

ठेलाहरूको कविता लेख्थेँ ।

माघको चिसो रात

सडकहरू

न्यानो सपना ओछ्याएर

सुखद सपना ओडेर

निदाउने टुहुरा बाबु नानीहरूको

कविता लेख भन्छौ भने ,

म र्निदयी मनहरूको कविता लेख्थेँ .

जसका आँखा भएर पनि

कहिल्यै हेर्न जानेन ।

.कविता ,

म झसँङग हुन्छु ,

त्यसरी नै सोध्छु ...

तिमी अरूको मन छाम्न सक्छौ ?

... अरूको भावनाहरूमा

कविता जन्माऊन सक्छौ ?

जीवनका यात्राहरूमा ,

दुःखका कविताहरू कति लेख्यौ ?

मनका घाऊहरूमा

अक्षरका बिम्वहरू कति पोख्यौ ?

कविता लेख्थे घाऊहरूको ,

आज पनि लेख्दैछु उस्तै घाऊका

पीडाका कविताहरू .

. मदिराको बोतल

शिकारको दुनामा राखेर ,

यदि जीवन छाम्ने हो भने ,

म मधुशालामा कविता लेख्थे ,

झरीमा रूझेको साँझ जस्तै ,

नियास्रो बोकेर ,

बुहारीबाट शोषित बुढी आमाहरूको ,

घर छोडनुपर्ने बिवशतामा ,

कविता लेख भन्छौ भने ,

म इमान्दार लठ्ठीको कविता लेख्थेँ

जसले कहिल्यै छलकपट जानेन ,

त्यसतै

सुहागरातको दिनमा

देशको सेवा गर्न

रङ्गिन सपनाहरूको हत्या गरेर

देशको सिमानाळाई ओछ्याएर

न्यानो सपना बोकेर ,

धुमिल छाँयामा

आफ्नो नव दुलहीको

तस्वीर बनाउने सेनाहरूको

कविता लेख भन्छौ भने ,

रातो सिन्दूर सँगै

पहिलो रातमा आफनो ,

जीवनसाथीको

तस्वीर बनाउन नपाउँदै

टाढिएको अनुहारहरूको

कविता लेख्थेँ ।

हो साथी ,

सपनाहरूलाई बन्दकी राखेर

म ठुलो भएछु भने ,

साँच्चै ठुलो हुन नपाउँदै ,

बिदेशिनुपर्ने पीडामा ,

कविता लेख भन्छौ भने ,

म ति कलिला हातहरूमा उठेका

ठेलाहरूको कविता लेख्थेँ ।

माघको चिसो रात

सडकहरू

न्यानो सपना ओछ्याएर

सुखद सपना ओडेर

निदाउने टुहुरा बाबु नानीहरूको

कविता लेख भन्छौ भने ,

म र्निदयी मनहरूको कविता लेख्थेँ .

जसका आँखा भएर पनि

कहिल्यै हेर्न जानेन ।

प्रकाशित: १८ श्रावण २०७७ १२:४० आइतबार

अक्षर