कला

सँगै अस्पताल भर्ना भएका अमिताभ कोरोनामुक्त भए, छोरा अभिषेक अझै भएनन्

फाइल तस्बिर : अभिनेताद्वय अभिषेक बच्चन र अमिताभ बच्चन

बलिउडका प्रख्यात् अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट मुक्त भएका छन् ।  

कोरोना संक्रमित भएपछि सँगै नानावती अस्पताल भर्ना भएका छोरा एवं बलिउड अभिनेता अभिषेक बच्चनले आफ्ना पिताको रिपोर्ट कोरोना नेगेटिभ आएको जानकारी दिएका हुन् ।  

ट्विटमार्फत उनले आफ्ना पिता निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको जानकारी दिएका हुन् । 

ट्विटमा अभिषेकले लेखेका छन्, ‘मेरा बुवाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ अब घरमा बसेर आराम गर्नुहुन्छ । तपाईंहरूको प्रार्थना र शुभकामनाका लागि धन्यवाद ।’

तर अभिषेक बच्चन भने अझै कोरोनामुक्त हुन सकेका छैनन्, उनी अस्पतालमै छन् ।  

प्रकाशित: १८ श्रावण २०७७ १२:३७ आइतबार

अमिताभ बच्चन अभिषेक