कला

आऊ साथी

बालकविता

कल्पना अधिकारी  

आऊ साथी आऊ फूलवारीमा जाऊ

फुर्र उड्ने पुतलीसँग खेली रमाऊ  

आऊ साथी आऊ बगैँचामा घुम्न जाऊ

चिरबिर गर्ने चराजस्तै हामी कराऊ  

आऊ साथी आऊ स्कुलमा पढ्न जाऊ

गुरुहरूले पढाउदा सुन्ने बानी बसाऊ

पानी पर्न लाग्यो साथी अब घर जाऊँ

भिजिएला छिटो हिंडौ घरमै खाजा खाऊँ

घरमा पुगी लुगा फेरि अनि हात मुख धोई

अनि माग्ने आमासँग मीठो खाजा  खोई ।

प्रकाशित: १५ श्रावण २०७७ ०९:२१ बिहीबार

जूनकीरी