कला

लकडाउनमा जुलुस

बालकथा

लक्ष्मी उप्रेती

असु एकछिन म समाचार हेर्छु अब । खोई रिमोट टेलिभिजनको ? । छोरीछेउ बस्दै आमाले रिमोट लिइन।

– हुन्छ मामु। हजुरको समाचार सकेर म कार्टुन हेर्छु है त । आज्ञाकारी हुदै छोरीले रिमोटतिर इशारा गरिन।

– हुन्छहुन्छ हेरौली । तिमीले नहेर्दा फेरि  कार्टुनहरू रून्छ होला।

–हो त नि। मेरा कार्टुनहरू। मामु समाचारमा त मान्छेको भीड छ नि। यो केको भीड  अनि हल्ला ।

–जुलुस रैछ। जुलुसमा भीड  हुन्छ। अनि त्यो भीडमा  उफ्रीउफ्री नारा लगाउँछन। अनि हल्ला त भइहाल्छ नि।

– कहिलेको यो जुलुस मामु।

आजको नै जुलुस रहेछ । टेलिभिजन हेर्दै आमाले छोटकरीमा उत्तर दिन्छिन्।

– ए ! किन जुलुस गरेका हुन मामु।

– सरकारलाई दवाब दिन।

– केको दवाब।

एकछिन टेलिभिजन हेर्न देउ न अनि भन्छु ।

चुप लागेर आमाको मुख हेरिरहन्छिन् । एकछिनमा फेरि उहि    कुरा सोध्छिन्।

छोरीतिर पुलुक्क हेर्छिन। छोरीको जिज्ञासु भाव बुझेर आमा फिस्स हाँस्छिन्।

नहासि भन्नु के । नत्र म हजुरसँग बोल्दिन के । छोरी धुर्क्याउदै अलि पर सर्छिन । 

यतिबेला सम्ममा समाचार पनि सकिन्छ । टेलिभिजन बन्द गरेर छोरीले सोधेको कुरा भन्न  आफूछेउ  बोलाउँछिन्। अनि आमाले कुरा सुरू गर्छिन्। नानु केकेको जुलुस भइरहन्छ। जुलुसमा हल्ला गर्दै नारा  लगाउँछन् । एक पक्षले अर्को पक्षलाई दबाब दिने यसो गर्छन । विभिन्न क्षेत्रका विभिन्न माग हुन्छन्। आफ्नो माग पूरा होस भनेर जुलुसनारा गर्छन। कसैको कुनै माग पूरा पनि हुन्छ हुँदैन  । कहिले त दुई पक्षबिच लडाई नै पर्छ। दुई पक्षका मान्छे घाइते पनि हुन्छ। अनि कति जुलुस गर्नेहरू जेलमा पनि पर्छन्। अहिलेको जुलुस चै सरकारबारे रैछ। तिमी यस्ता कुरामा चासो नराख है । अहिले घरमै बसेर अनलाइनमा म्यामले पढाएको पढ्ने । पेन्टिङ गर्ने । कुनै बेला मसँग खेल्ने । तिम्रो लागि नै मैले अफिस छाडेर घरै बसेकी छु । बाबा घरमा हुँदा बाबासँग पनि खोल्ने। अनि म मीठोमीठो खाना पकाएर दिन्छु खाने। बेलाबेला टेलिभिजनमा राम्रो कार्यक्रम हेर्ने। कहाँ कहाँ के हुदैछ थाहा पाउन समाचार हेर्ने। अनि राम्रो कार्टुन हेर्नु गर्नुपर्छ नानु ।

ए ! हुन्छ, अब म एकछिन कार्टुन हेर्छु है मामु । छोरी टेलिभिजन चलाउछिन।

आमा आफ्नो सुरमा छिन्। समाचारमा मान्छेको भीड सडकमा देखेकी असुको मन फुरुङ्ङ भएको छ। अब स्कुल जान पाइने रहेछ भनेर उनी आफ्नै सुरमा रमाइरहिन् । रमाउदै दिन बिताइन् र रातिको खाना खाएर पुर्लुक्क सुतिन्।भोलि बिहान उठ्नेबित्तिकै मामु अब म स्कुल जान्छु नि । भनेर फेरि झगडा गर्न थालिन् असु।

हुन्न नि हिड्नु । लकडाउन खुलेकै छैन। स्कुल पनि लागेकै छैन। आफ्नै सुरमा उत्तर दिइन आमाले।

अ, हिजो सडकभर मान्छे हिडे त ।

मान्छे हिडेको कहाँ देखेर गनगन गर्छे यो। आमा अलिक रिसाएझै गरिन।

मामु हामीले हिजो समाचारमा हेरेको हैन। जुलुसनारा लगाउनेको  भीड।

अचानक छोरीको यस्तो कुरा सुनेर आमा जिल्ल भइन् । अनि फकाउन लागिन्। हिजोको कुरा नबिर्सने मेरी बाठी छोरी। मैले त बिर्सिएछु नि। साँच्चै हो त नि ती मान्छेहरू किन त्यसरी  हिँडेको हो कि छोरी। कोरोनाको यस्तो त्रास छ सबैतिर। लकडाउन पनि खुलेको छैन् । मलाई त पीर पो लाग्यो। हुन त मुखमा मास्क लगाएका थिए नि सबैले। अहिले नै जुलुस निकाल्ने जरूरी  भयो होला । अनि पो त्यसरी लागे हुन् नि। फेरि समाचारमा त कहिलेकहीँ पहिले रेकड गरेको पनि देखाउछन् नि नानु। अहिले त लकडाउन नै छ। घरबाट बाहिर किन जानु । नानु तिमी त सानै छौ। साना नानीहरू र  बूढाबूढीहरूले त अहिले बाहिर जानै हुन्न। अस्ति मैले भनेको यो कुरा चै बिर्सेउ कि क्या हो। छोरीलाई फकाउन कुरा बनाईबनाई गर्छन्।

बिर्सेकी त छुइनँ  तर अब त लाग्छ होला। एकपटक जाउ न बुझ्नेलाई मामु। आमालाई फकाउन खोज्छिन्।

 आमाको कुरामा सहमत जनाइन । अनि आज अनलाइनमा पढाउने म्यामसँग सोध्ने भइन । अनि रमाएर उफ्रीउफ्री नाच्न थाली ।

प्रकाशित: १५ श्रावण २०७७ ०७:५३ बिहीबार

जूनकीरी