कला

अभिनेत्री रियाविरुद्ध एफआईआर दर्ता

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता भएको छ। पटनाको राजीव नगर थानामा सुशान्तका पिता केके सिंहले एफआईआर दर्ता गरेको थानाका कार्यकारी योगेन्द्र रविदासले बताए। रिया सुशान्तकी प्रेमिका हुन्। केकेले २५ जुलाईमै केस दर्ता गरेको बीबीसीले जनाएको छ। एफआईआरमा पैसाको विषय र आत्महत्या दुरुत्साहन उल्लेख गरिएको छ। पटना प्रहरीको एक टिम मुम्बई पुगेको छ।  

जुन १४ मा सुशान्त बान्द्रा स्थित घरमा मृत फेला परेका थिए। प्रहरीले उनले आत्महत्या गरेको बताएको थियो। सुशान्तको मृत्यु पछि रियासँग मुम्बई प्रहरीले सोधपुछ गरेको थियो।

 

 

प्रकाशित: १४ श्रावण २०७७ ०६:१० बुधबार

सुशान्त सिंह राजपुत