कला

सेतो पछ्यौरा

कथा

सञ्जीव पौडेल

पुस महिनाको मुटु छेड्ने ठण्डी! यत्तिकै बाटोमा हिँड्नेहरूका पनि ओठ थर्थर काँपिरहेका थिए। “अब यहाँहरूलाई न्यानो प्रदान गर्न आउँदै हुनुहुन्छ, ...सुप्रसिद्ध गायक बद्री पगेनी।” कटुवालको भन्दा चर्को स्वर भएका कार्यक्रम सञ्चालकको आवाज कानमा ठोक्कियो।

‘लाऊ चेली सिन्दुर लाऊ, निको पार हृदयको घाउ...’ यो गीत सम्झनामा निरन्तर आइरह्यो र गायकको आवाज कानमा गुन्जिइरहयो। उठेर हिँड्ने रहरले मुटुको धमनी र शिरा एकैचोटि उचालिए। हिँडिहाल्ने असीम चाहनाले जुरुकजुरुक भएका पैतालाले सिङ्गै उसको पातलो शरीर उचाल्न थाले। टुसुक्क बस्दा खेतको आलीमा टाँसिएको उसको पुठो खै केले केले धकेलिरह्यो।  

ऊ उठ्न खोज्यो, शरीर धर्खरायो। “बाबु राजन! किन उठ्न खोज्यौ फेरि? आरामसँग घाम ताप बा! स्याँठले छाती हान्ला पछ्यौराले छातीलाई सर्लक्क बेर।” झस्काउने गरी आवाज कानमा ठोक्कियो। आँखा आफ्नै शरीर उपर केन्द्रित भएर आए। उडिरहेको मन सम्हालिएर कतै बस्न खोज्यो। मन छेउमै आएर शान्तसँग बसेपछि उसले मनलाई सुम्सुम्याएर अनेक तरहले सम्झाउन थाल्यो। धर्मका कुरा सम्झ्यो; साहित्यका कुरा सम्झ्यो; समाजका कुरा सम्झ्यो; नैतिकताका कुरा सम्झ्यो। यस्तै अनेक कुरा आफूले सम्झँदै मनलाई सम्झाएपछि भने बल्लबल्ल कनकन र गनगन गर्दैगर्दै मन सम्हालियो, त्यो पनि अलिअलि।

आमाका आँखासँग उसका आँखा जुधेपछि ऊ एकाएक छाँगाबाट खसेझैँ भयो। काँस फुलेझैँ रङ्गहीन बनेकी आमालाई देखेपछि ऊ सम्हालिन सकेन। ऊ तुरुन्तै भकारीभित्रको जेलमा छि-यो र थचक्क बस्यो।  

मनले आन्दोलन गर्न छाडेपछि उसले आफैँ उपर एकपटक दृष्टि लगायो। ऐना थिएन, त्यसैले छातीभन्दा माथिल्लो भागको ‘आफू’लाई देख्न पाएन। ऐना सम्झियो र टाउको दायाँबायाँ गर्दै आँखा तल झुकाएर आफ्नो शरीर ढाकिरहेका कपडामाथि एकपटक सर्लक्क आँखा ओछ्यायो। लगभग लत्रनै लागेको सेतो पछ्यौरा दाहिने हातले समातेर हात कम्मरनेरबाट देब्रे काँधतिर हुत्यायो। हातभन्दा पहिल्यै पछ्यौरा देब्रे काँधमा चढ्यो। हात भने झट्कारिएर तलै झ¥यो। हात सँगसँगै पछ्यौरा पनि झर्न खोज्यो। यसले फेरि दाहिने हातले थुमथुमाएर पछ्यौरा काँधमै अड्यायो। पछ्यौरा ज्ञानी बालकका झैँ थुपुक्क बस्यो। उसले यसो वरिपरि मान्छेलाई हे¥यो। सबै आआफ्नै धुनमा पायो र धोतीलाई फुकाएर एक फन्का मा¥यो र कम्मरमा धोतीको एक छेउ घुसा¥यो। यति भएपछि धोती पनि सम्हालियो। अघि अलिअलि सम्हालिएको मन धोती सम्हाल्ने बेलासम्म लगभग पुरै सम्हालिए जस्तो भयो। मुन्टो निहु¥याएर आलीमा थुचुक्क बस्यो ऊ।

उसका जुरुकजुरुक भएका पैताला अब लोसे बनिसकेका थिए र बुढी औँलाले त जमिनको माटो कोट्याउन थालिसकेको थियो। नचाहेरै घुँडा खुम्चिए। नटेरेरै पनि आलीको ढुङ्गामा फेरि अडेस लायो पुठोले। मनले मनैसँग गुनासो गरिरह्यो। जीवनले जीवनसँगै असन्तुष्टि पोखिरह्यो। सोच्यो–न कसैलाई भन्नका लागि आफैँसँग शब्दहरू छन् न त सुनिदिने मान्छे नै कोही छ। मनको बात कसैलाई सुनाउन जाँगरले पनि अल्छी मानिरहेको अवस्था थियो यो।  

कात्तिकमा काटिएको भए पनि कुहिएर नरम भई नसकेका धानका गाँज। गाँज छल्दै छल्दै बारीमा निस्कियो, भट्टका डाँठ छलेर आलीमा एक छिन बैठक अड्यायो। पारदर्शी सेतो धोतीले कम्मरमुनिको लाज छोप्यो, लाज अझै बाँकी नै रहिरह्यो। नजिकैका, आफ्ना र आफ्नाका आफ्ना थुप्रै मानिस आउने जाने क्रम चलिरहन्थ्यो। कसैले सहानुभूति दिन्थ्यो, उसलाई बल्ल बाबाको याद आउँथ्यो। बाबासँगै आफ्नो साथीका लागि भोट मागेर पोहोर ‘गण्डकी तारा’ जिताएको क्षण सम्झियो उसले। रोचक केसी गण्डकी तारा भएपछि बाबाको कारमा बेसीसहरदेखि बुटवलसम्म थुप्रै कार्यक्रममा सँगै गीत गाएको पनि सम्झियो। यी सम्झना उसका मनमा खुदो उम्लिएझैँ ह्वात्तै आए। सम्झनाहरूले उसलाई फेरि उद्वेलित बनाउन थाले। सबै भुलेर उसको मनमा रोचक मात्रै आइरह्यो। कोषकोष उचालिन थालेपछि तन्काइरहेको रबर हातबाट छुट्दा जस्तो गतिमा दौडन्छ, उसको मन पनि त्यत्तिकै द्रुत गतिमा चल्न थाल्यो। मन उफ्रिएपछि शरीर कहाँ भुइँमा टाँसिइरहन सक्छ र? गतिशक्तिले भित्रैदेखि निरन्तर घचेटिरह्यो, ऊ घचेटिइरह्यो र दौडिन थाल्यो।  

यो उमेरमा मन उडिरहन्छ। थाहा छ मनलाई उडाउनु हुन्न। तर मनले घरिघरि आफैँ पँखेटा हालेर उडिदिन्थ्यो। मनले पखेटा हालेपछि ज्यान धानिन सक्दैनथ्यो।

“ए राजन ! कहाँ दौडने तरखर गरेको? घाममा एकोहोरो बस्दा गाह्रो भयो कि, जाऊ भित्र शीतलमा गएर आराम गर” यो आवाजले ऊ यसरी झस्कियो, जसरी कुनै चोर चोरी गरिरहँदा अर्को व्यक्तिलाई देखेर झस्किन्छ। ऊ उँधो मुन्टो लगाएर लुरुलुरु भित्र पस्यो। दायँबायाँ पिँढीमा रहेका कसैलाई पनि हेर्न मन गरेन उसले।

भित्र थोत्रो भकारीले बारेको साँघुको कक्ष छ। भुइँमा पराल र त्यसमाथि विछ्याएको टोक्ने काम्लो। छुन्छ कि छुन्छ कि भनेझैँ अलक्क बस्यो र पनि काम्लोका रौँले कताकता घोच्न भ्याइहाले। परालको घोचाइ, काम्लोको टोकाइ उसलाई जिन्दगीले नै टोके झैँ लाग्यो। साथीहरूसँग बगादी खोलाको तिरको चौरमा गितार सिक्न जाँदा त्यहाँको काँस र सिरुले कोपेको भन्दा बढी यो अँध्यारो एकान्तवासमा काम्लोले कोपिरहेथ्यो। मानसपटलभरि सेभेन लेक्स ब्यान्डका साथीहरू एकपछि अर्को गर्दै घुम्न थाले। उसलाई खपिनसक्नु भयो। केही दिनदेखि निदाएको सङ्गीतको नसा अनायाश ब्युँझियो। रोमाञ्चित हुँदै हतारहतार उठेर पल्लो कोठामा रहेको गितार झिक्न भनी त्यता लाग्यो। गितार झिकेर टेबुलमा राख्ने र ऐना अगाडि उभिएर ड्रेस मिलाउने उसको सधैँको बानी थियो।

ऊ आज पनि यही तयारी गरिरहेको थियो सायद। आँधीकै गतिमा पल्लो कोठामा पुग्यो। ढोकामा चाबी तुर्लुङ्ङ झुन्डिरहेको देख्यो, ऊ झोक्कियो। आँखा अर्को कोठातिर मोडिए। कपाल फिँजाएर मलिन अनुहार लाएर बसिरहेकी आमाका आँखासँग उसका आँखाले ठक्कर खाए। आमाका आँखासँग उसका आँखा जुधेपछि ऊ एकाएक छाँगाबाट खसेझैँ भयो। काँस फुलेझैँ रङ्गहीन बनेकी आमालाई देखेपछि ऊ सम्हालिन सकेन। ऊ तुरुन्तै भकारीभित्रको जेलमा छि¥यो र थचक्क बस्यो। खुईøय .. लामो सुस्केरा हाल्यो। काम्लोले फेरि टोक्यो। काम्लोले भन्दा दुख्ने गरी उसलाई समयले टोकिरह्यो। चिमोटिरह्यो। ऊ समयको एकोहोरो चिमोट्याइ चुपचाप सहिरह्यो।  

जब उसका साथीहरू उसलाई भेट्न आउँथे, उसको उकुसमुकुस धानिनै सक्दैनथ्यो। साथीहरू नआइदिए पनि हुन्थ्यो नि भन्ने पनि सोच्यो उसले थुप्रैपटक। साथीहरू देखेपछि उसका आँखा आँशु खन्याउन ठिक्क भएर भरिन्थे। त्यसैले ऊ प्रायः निहुरिरहन्थ्यो। यो उमेरमा मन उडिरहन्छ। थाहा छ मनलाई उडाउनु हुन्न। तर मनले घरिघरि आफैँ पँखेटा हालेर उडिदिन्थ्यो। मनले पखेटा हालेपछि ज्यान धानिन सक्दैनथ्यो। ऊ शरीरलाई यथास्थानमा राखिरहन मनसँग निरन्तर सिँगौरी खेल्थ्यो। कतिपटक सम्झाउँथ्यो। चकचके बालकलाई चकलेटले एक छिन मात्र शान्त बनाएझैँ मन क्षणभरमै उही लयमा दगुरिहाल्थ्यो। दौडिँदै जुत्ता राखेको बाँसको तखतामा जुत्ता लिन जान्थ्यो, मान्छेको भिडले छेकिहाल्थ्यो। दिनभर बदली भई झरी परेपछि साँझपख एकछिन झलुक्क झल्केको घाममा फेरि बादल लागेझैँ उसको अनुहारमा फेरि उही अन्धकार वास बस्न आइपुग्थ्यो। घाम तापिरहेको छ तर कालो बादल अनुहारभरि मडारिरहेको छ।

रङ्गीन दुनियाँमा रङ्गीन सपना देख्ने उमेरमा ऊ सेतो बस्त्रले ढाकेर आफूलाई सादा बनाउन बाध्य भयो। गरुड पुराण सुनिरहँदा कतिपटक त पुरेतलाई हिर्काउन मुठी कसेको थियो।  

भोलिपल्ट हिमा मगर आफ्ना अरू दुई साथीसँग उसलाई भेट्न आएकी थिई। हिमा उसको वरिपरि हुँदा सधँै गुलाफको सुगन्ध, गुराँसको उदात्तता, मखमलीको कोमलता एकसाथ पुष्पित भएर आउँथ्यो। तर त्यो दिन हिमाको आगमनसँगै चिसो सिरेठोले यसरी हान्यो कि उसले ओडिराखेको सेतो पछ्यौरालाई हावाले उडाएर केराको बोक्रो भुत्ल्याएझैँ उसको शरीरबाट भुत्ल्याउन थाल्यो। हत्तपत्त पछ्यौरा सम्हाल्ने बेलामा बल्ल उसको चेतनाले शरीर नियाल्यो। आफ्नै शरीर देखेर झनक्क रिस उठ्यो। फनन्न टाउको घुमाए झैँ भयो। यो रनाहा उसका नसानसामा केही बेरसम्म प्रवाहित भइरह्यो। वेगमय बनेर उठेको चाहनाको बाढीले उसलाई डो¥याएर हिमासँगै नाच्न मन भएर आयो। हिमा भएतिर एक पाइला सारेको मात्र के थियो, सेतो पछ्यौरा ग्रेटवाल बनेर उसका अगाडि ठिङ्ङ उभियो। उसलाई ग्रेटवाल भत्काएर हिमासम्म पुग्ने तीव्र इच्छा भयो। दुई हात फिँजाएर ओढिरहेको पछ्यौरा खेतमा मिल्काइदियो। कम्मर मुनि बेरिएको सेतो धोती पनि च्यातचुत पारेर फाल्न मात्र के लागेको थियो उल्का जस्तै झिलिक्क चेतनाको झिल्को मनमा उजेलियो।  

लाजले अनुहारभरि रक्तप्रवाह तीव्र बनिरह्यो। हतारहतार खेतमा मिल्किएको पछ्यौरा टिपेर शरीरमा फनक्क बे¥यो। हिमाले यो सबै देखी भन्ने सोचले ऊ रातोपिरो भई नै रह्यो। हिमा भने उसको घरभित्र छिरिसकेकी थिई सायद, त्यहाँ देखिइन। अरू कसैले देख्यो कि भनेर ३६० डिग्रीमा आँखा घुमायो। कोही देखेन; आफूलाई सम्हाल्न थाल्यो। हिमाको आगमनमा सधैँ फुल्ने हृदय किन यसरी ओइलिएको छ भन्ने चिन्ताले यसरी उसलाई पिरोल्यो कि हिमालाई दोस्रोपटक हेर्ने साहससम्म पनि उसले बटुल्न सकेन। आफैँसँग पिरोलिँदै बसिरहँदा हिमा कतिबेला फर्केर गई, पत्तो भएन। बस्, उसले त हिमासँगका यादहरूको चिसो पोखरीमा डुबुल्की मारिरह्यो। आँखाबाट भने ताता आँसु खसि नै रहे।

सायद मनमनै यस्तो सोच्यो “बाबा भएका भए न त उसले अनेक रहरको हत्यारा बन्नुपथ्र्यो न त रङ्गीन जिन्दगीलाई सादा बनाउन नै।”

पिँढीमा तास खेल्नेहरू र आँगनमा अनेक गफ हाँक्नेहरूका एक एक डफ्फा थिए। ती डफ्फामा रहेका तीन जना बुज्रुकहरूले उसलाई देखे। दौडिँदै आएर सम्झाउँदै भित्र लगे। ऊ बिस्तारै सम्हालियो, उसलाई कताकता अप्ठेरो महसुस भयो। पिसाब फेर्ने बाहनामा शौचालयतिर गयो। फर्कँदा उसको अनुहारमा सङ्कोच र संशयका प्रशस्त रेखाहरू दौडिरहेका थिए। कताकता भोक लागेझैँ भयो। प्यास घाँटीको रुद्रघन्टीभन्दा पनि माथि उकालो लागिरहेको आभास भयो। शरीर यसरी थाकेझैँ भयो कि मानौँ ऊ दिनभर बालुवाका बोरा बोकेर लम्पट परेको छ। तर खास उसलाई भएको चाहिँ के थियो? कति बेर घोरिएर सोच्दा पनि केही भेउ पाउन सकेन।  

एघारौँ दिनमा उसको जिब्रोले नुन चाख्यो। कहिले नुन नखाएकाले शरीर अल्यास्स हुन्थ्यो भने नुन खाएको दुई दिन फेरि नुनको नशा लागेर झुलुम भइरहेको थियो।

यस बीचमा हर दिन, हर क्षण उसका मनमा एकनाशले आँधी चलिरह्यो। आक्रोशको आगाको लप्का निरन्तर आकाश छुने गरी उकासियो। बाबाको मृत्युले मनभरि भरिदिएको सन्नाटा एकातिर मध्यरातको सेतीजस्तै स्वाँ... गरेर सुसाइरहेको थियो। अर्कातिर किशोरवयका अतीव इच्छाहरू हुरी बनेर उसलाई आफू बसेको ठाउँबाट उडाउँदै घरि कता घरि कता पु¥याइरहन्थे। ऊ हुरीको पात बनेर शून्यतामा उडि नै रह्यो। बाध्यताको पर्खाल यति शक्तिशाली थियो कि ऊ त्यसलाई नाघ्न समर्थ थिएन। त्यसले संस्कृतिको खोल ओढेर उसलाई भकारीले बारेर परालमाथि बिछ्याइएको बिझाउने काम्लोमा डङ्ग्रङ्ङ लडाइदिन्थ्यो। घरि शौचालय जाँदा उतैबाट भागौँ भन्ने मन भयो। घरि थलाबाट घर नफर्की टाप कसेर साथीहरूसँग मनोरम प्रकृतिमा डुल्न मन भयो। कहिले हिमासँगका प्रेमिल संसर्ग र संवादहरूले उसको कलेजालाई नमीठो गरी चिमोटिरहे।  

अकल्पनीय दुर्घटनाबाट कलिलो उमेरमै बाबालाई सधैँका लागि गुमाउनुको पीडा साथीसँग अङ्कमाल गरेर थोरै भएपनि कम गर्न चाहन्थ्यो ऊ। तर निष्ठुर समयले उसलाई साथीको अङ्कमाल, आमाको काख र अग्रजहरूको ढाडसबाट पर कतै एक कुनामा लगेर अँचेटिदियो। रङ्गीन दुनियाँमा रङ्गीन सपना देख्ने उमेरमा ऊ सेतो बस्त्रले ढाकेर आफूलाई सादा बनाउन बाध्य भयो। गरुड पुराण सुनिरहँदा कतिपटक त पुरेतलाई हिर्काउन मुठी कसेको थियो। छिनछिनमा भकारी उधारेर फाल्न मन भयो। दिनदिनै सान्त्वना दिनेहरूका शब्द गालीजस्ता लाग्दै गए। शरीरमा बेरिएका पातला सेता खोलरूपी कपडा जन्जिर झैँ महसुस हुँदै गए।  

जब आफ्नै जिउका सेता बस्त्रमा आँखा पर्दथे यसै मनका हजारौँ आवेग शान्त भएर जान्थे। आफूलाई यति विवश बनाएर रहरहरूको हत्याराका रूपमा उभ्याएपछि सबैसँग असन्तुष्ट र क्रोधित भई उसले एकोहोरो आफ्ना मृत बाबालाई सम्झिरह्यो। सायद मनमनै यस्तो सोच्यो “बाबा भएका भए न त उसले अनेक रहरको हत्यारा बन्नुपथ्र्यो न त रङ्गीन जिन्दगीलाई सादा बनाउन नै।”

प्रकाशित: १० श्रावण २०७७ ००:१२ शनिबार

कथा अक्षर