कला

नाटककी नायिका

कथा

अर्जुन थापा

अर्जुन थापा

आकाशमा काला बादलहरू तँछाडमछाड गरी मडारिरहेकाले भोलाले चाँडोचाँडो पाइला सारिरहेको छ। साँझ पर्नलाई केही समय बाँकी भए तापनि कालो बादलले अँध्यारो बनाइदिएको छ। जमलको आकाशे पुल नजिकै ऊ ठिङ्ग उभिन्छ। यो आकाशे पुल, त्यसमाथि साँझपख...यस ठाउँका बारे धेरै कुरा सुनेको छ उसले। त्यसैले सतर्क भएर पुलको खुड्किलो उक्लँदै जान्छ। पुलको माथि पुगेपछि चारैतिर आँखा डुलाउँछ र विषाणुयुक्त धुवाँ खाएर उभिन्छ केहीबेर।  

सानो छँदा रानीपोखरीभित्र माछाहरू देखेको उसले आज त्यहाँ पोखरी नभएर उराठलाग्दो बालुवाको सानोतिनो ढिस्को र मन्दिरको नाममा भग्नावशेष मात्र देख्छ। कहिले बन्ने हो त्यो मन्दिर? यो सोचेर यसो दायाँबायाँ हेर्छ। त्यहीँनिर आफू उभिएको छेउमा बेच्न राखिएका चीनियाँ सामान तथा लुगा बोरामा पोको पारेर फर्कने तरखर गरिरहेका हुन्छन् मान्छेहरू। विपरीत दिशाबाट आएका केटाकेटी त्यहीँ उभिएर एकछिन कुराकानी गर्छन् र केहीछिनमै सँगसँगै तिनीहरू भोलाको छेउबाटै फर्कन्छन्। दुईमध्ये एकले खाएको खैनीको गन्ध झ्यास्स भोलाको नाकमा पस्छ। ऊ हातले नाक छोपेर आकाशतिर हेर्छ। अनि पानीमा रुझ्ने डरले चाँडोचाँडो उक्लने र ओर्लने गरिरहेका मान्छेहरूलाई हेर्दै ऊ अगाडि बढ्छ।  

“हेलो, जाने हो? मौसम पनि ठीक छ। तपाईंलाइै पूर्ण सन्तुष्ट पारेर मात्र पैसा लिन्छु।” कुनै नारी स्वर उसको पछाडिबाट आउँछ। उसले फर्केर हेर्छ। रातो जुत्ता, नीलो जिन्स, खरानी रङको टिसर्ट, मुखमा माक्स, सलले कपाल तथा मुख पूरै बेरेकी र बिरालोको जस्तो तीखा आँखा भएकी पातली केटीलाई पाउँछ पछाडि फर्केर हेर्दा भोलाले।

“कसलाई रहर हुन्छ र आफ्नो शरीर अनजान मान्छेका अगाडि सुम्पिनलाई। ती बोलिने तल्लोस्तरका गालीहरू, रक्सीले मात्तिएर यो शरीरमाथि गरिने क्रियाकलापको पीडा कस्तो हुन्छ, त्यो तपाईं बुझ्नै सक्नुहुन्न। क्षणभरको आनन्दका लागि मात्र पुरुषहरूले हामीमाथि गर्ने अत्याचारको तपाईंले के अनुमान लगाउन सक्नुहुन्छ।”

“बुझिनँ मैले ! के भन्न खोज्नुभएको तपाईंले?” नबुझेर प्रश्न गर्छ ऊ।  

“प्लिज आज बोनी नै भएको छैन। झन् पानी पर्न लागिसक्यो। जाने भए चाँडो जाऔँ। कोठा पनि नजिकै छ। एकदम सुरक्षित ठाउँ छ। बरु एकमा अर्को एक फ्री गरिदिउँला।” त्यही तीखा आँखाले कुतुहूलताका साथ भन्छिन्।

ऊ भने अक्कबक्क परेर उनलाई हेरिरहन्छ। कालो बादलले निम्त्याएको अँध्यारोमा भोलाले उनको आँखाको भाव पढ्नै सकेन। अब कसैले यस स्थितिमा देखेमा अर्थ अनेकौँ लगाइदिन्छन् भनेर एक खुड्किलोलाई छोडेर भ¥याङ ओर्लिन्छ चाँडोचाँडो। मनमनै आकाशे पुल, साँझपख, सुनेका हल्लाहरू र अहिले उनी, सबै कुरा खेलाउँदै अगाडि बढ्छ। यहाँ यस्तै त हुने रहेछ नि। आज उसले यही कुराको साक्षात्कार गर्न पुग्छ।

“तपाईंले सोचेको जस्ती नराम्री पनि छैन म। बिहानदेखि केही खाएको छैन। तपाईंले भनेकै पैसामा जान्छु।” भन्दै भोलाको हात च्याप्प समातेर अगाडि उभिन्छिन् उनी।  

मलाई माफ गर्नुहोला। तपार्इंले सोचेजस्तो होइन म भनेर हिँडिदिन्छ ऊ। दरबारमार्ग पुग्नै लाग्दा उसको पाइला टक्क अड्छ। फेरि दुईतीन पाइला चालेको मात्र के हुन्छ, के सोचाइ आउँछ, ऊ फरक्क फर्केर अघिकै बाटो लाग्छ। उसलाई केही भइराखेको छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ। उसका आँखाले व्यग्र रूपमा कसैलाई खोजिरहेको छ अहिले।  

“बिहानदेखि केही खाएको छैन।” भन्ने वाक्य मात्र उसको दिमागमा घुमिरहेको छ। यति कठोर भएकोमा ऊ मनमनै आपैmँलाई गाली गर्दै खोज्न थाल्छ ती युवतीलाई। केहीबेरको प्रयासपछि बस चढ्ने तरखर गर्दै गरेकी उनलाई देख्छ टाढैबाट भोला। दौडेर गएर पछाडिबाट कोट्याउन पुग्छ उनलाई।  

तपाईंले सोचेको जस्ती नराम्री पनि छैन म। बिहानदेखि केही खाएको छैन। तपाईंले भनेकै पैसामा जान्छु भन्दै भोलाको हात च्याप्प समातेर अगाडि उभिन्छिन् उनी।  

“सुन्नोस् त !” उसले ती युवतीलाई बोलाउँछ।

“हँ...!” युवती चढेको बसबाट ओर्लिन्छिन्।

“एकैछिनपछि गए हुँदैन? कतै बसेर केही खाऊँ न।” कानदेखि अनुहारसम्म रातो पारेर भन्छ भोला।  

“अघि नै गाको भए यति खेरसम्म त कामकुरो पनि सकिसक्थ्यो। भाउ खोजेर समयको मात्र नाश।” जिस्केको स्वरमा भन्छिन् उनी।

नजिकैको रेस्टुरेन्टमा छिर्छन् दुवै। एकछेउमा राखिएको मेचमा गएर बस्छन्। युवतीले बिस्तारै बेरिराखेको सल र मुखको माक्स निकालेर ब्यागमा राख्छिन्। हलुका ढङ्गमा टाउको हल्लाएर कपाल मिलाउँछिन्। लामो कपाल, मिलेका सुन्दर नशालु आँखा, जसबाट अनेकौँ कविताहरू लेख्न सकिन्छ, मिलेको गोलो अनुहार भएकी उनी भोलाको अगाडि छिन् अहिले। एकछिन हेरिरहन्छ उनलाई। उसलाई विश्वास गर्न गाह्रो भइराखेको थियो, अघि बाटोमा भेट भएको र उसको सामुन्ने बसिराखेकी केटी एउटै हो भनेर।

“के लिनुहुन्छ?” उनको आँखामा हेर्दै सोध्छ भोला।

“जे भए नि हुन्छ।” सानो तथा मीठो स्वरमा भन्छिन्।

सरसर्ती खानाको मेनु हेरिसकेपछि अर्डर गर्छ भोला। दुवै जना केही अलमलिराखेका हुन्छन्। बाहिर पानी परेको आवाज भित्रसम्म आइपुग्छ।  

“कत्रो पानी प¥यो। यहाँ नआएको भए भिज्ने रहेछौँ हामी।” संवादको सुरुवात गर्छ भोला।

“त्यही त।” भोलाको आँखामा पुलुक्क हेर्दै भन्छिन्।  

“तपाईंको शुभनाम जान्न सक्छु म?”

“रीता।”

“अनि तपाईं यो पेसामा कसरी? कुनै विवशता...?” भोला उनको अनुहार हेरेर सोध्न पुग्छ।  

“मान्छे विवशतामा नपरी कसरी यस्तो हुन पुग्छ र? जीवन जिउन अति नै गाह्रो छ।” उनले आफ्नै पाराले जवाफ दिन्छिन्।

भोलाले सान्त्वना दिँदै भन्छ, “गाह्रो त छ बाँच्नलाई, तर मान्छेहरूले सोचेजस्तो हुन्न जीवन। किनभने कहिलेकाहीँ ठीक विपरीत भइदिन्छ परिस्थिति।”  

“गाह्रो मात्र ! किन जन्म लिन पुगेछु जस्तो लाग्छ। प्रत्येक क्षण आपूmलाई मारेर अरूका लागि बाँच्नु पनि एक प्रकारको पीडै हो र यस स्वार्थी समाजमा कोही आफ्ना हुँदैनन्”, हातको घडीमा हेर्दै भन्छिन् उनी।  

“बुझ्छु तपाईंको पीडालाई म। सङ्घर्ष नगरी त कसलाई खान पुगेको छ र नि यहाँ। तैपनि यही पेसा नै किन?”

–पत्रकारले जस्तो प्रश्नहरू तेर्साउनुभयो त।

–मनमा लागेको कुतुहूलतालाई मेट्न मात्र खोजेको हुँ। तपाईं कहीँ कतैबाट पनि देखिनुहुन्न। त्यस्तो के बाध्यता प-यो र नि यही पेसालाई अँगाल्नुप-यो?

लामो कपाल, मिलेका सुन्दर नशालु आँखा जसबाट अनेकौं कविताहरू लेख्न सकिन्छ। मिलेको गोलो अनुहार भएकी उनी भोलाको अगाडि छिन् अहिले। एकछिन हेरिरहन्छ उनलाई। उसलाई विश्वास गर्न गाह्रो भइराखेको थियो, अघि बाटोमा भेट भएकी र उसको सामुन्ने बसिराखेकी केटी एउटै हो भनेर।  

टेबलमा भएका खाना बिस्तारै घट्दै थिए। बाहिर पानी पर्न अलिक कम भए तापनि कालो रङले लतपतिएर नियमबद्ध रात पेटीमाथि हिँड्न आइसकेको थियो। कुराकानी अगाडि बढ्न सकिरहेको थिएन। टल्किएको बत्तीमा घरीघरी उनको आँखालाई पढ्न खोजिरहेको भोला, पीडा र असन्तोषको धुवाँले रगमंगिएका रीताका आँखासँग जुध्न पुग्नबाट बचाएर अन्यत्र पु¥याउँछ।  

“कति कठिन छ यो वैरागलाग्दो जीवनसँग मुक्ति पाउन। सबै रित्याएर, लुटाएर, हराएर पनि बाँच्नुपर्ने बाध्यता अरूका लागि बाँच्नुपर्ने विवशता। थाहा छैन, यो दुःखको लामो यात्रामा जीवनलाई कति बोकेर अझै हिँड्नुपर्ने हो।” मनको पीडा व्यक्त गरेपछि पुनः बोलिन्, “तेह्र वर्षको उमेरसम्म जति सुख पाएँ पाएँ। त्यसपछि मनबाट खुसी भएर हाँसेको थाहा छैन। कसैलाई भनेमा मार्ने धम्की दिँदै पटकपटक बलात्कार गरे स्कुलका शिक्षकले जो मेरो बाबुको मिल्ने साथी थिए। घरमा भन्दा कसैले मेरो विश्वास गरेनन्। पछि बाह्रको पढाइ सकाएर काठमाडौँमा बसेर पढ्न थालें। पढाइकै क्रममा एक युवकसँग प्रेम बस्यो। हरेक दुःखसुखमा साथ दिन्थ्यो उसले। हामी कति नजिक भयौँ भने पेटमा तीन महिनाको बच्चा बसिसकेको थियो। यो कुराको जानकारी घरमा दिएँ मैले। सबैले विरोध गरे। कारण ऊ तल्लो जातको थियो।  

सबैको विरोधमा हामीले मन्दिरमा विवाह ग¥यौँ। दुःखसुख गरेर बाँचिराखेका थियौँ हामी। तर गाडी दुर्घटनामा उसको मृत्यु भयो। अब माइतीबाट बच्चा फ्याँक्ने कुरामा जोड दिन थाले। नफ्याँक्ने अडानमा म बसेपछि सबै नाता सकियो भनेर माइतीको ढोका बन्द गरिदिए बुबा तथा दाजुभाइहरूले। लुकीलुकी भए पनि आमाको माया तथा सहयोग थियो। तर उनको मृत्युपछि त्यो पनि बन्द भयो। एक्लो ज्यान त्यसमा बच्चा पनि थपिएको थियो।  

पछि एक राम्रो कम्पनीमा काम पाएकी थिएँ। कामअनुसार तलब पनि राम्रो थियो। छोरीलाई राम्रैसँग ठूली बनाउँदै थिएँ। सबै राम्रै चलिरहेको थियो र...तर खुसी धेरैबेर टिक्दैन भनेको ठीकै रहेछ। कामको सिलसिलामा बाहिर जानुपर्ने भयो भनेर भ्यालीबाहिरको होटलमा लगेर खानामा औषधि मिसाएर बलात्कार ग¥यो मलाई मेरै अफिसको बोसले।”

आँखाबाट झरेको आँसुका थोपाहरू टेबलमा रहेको कफीमा मिसिरहेको हेरिरहन्छ भोला।

“कसलाई रहर हुन्छ र आफ्नो शरीर अनजान मान्छेका अगाडि सुम्पिनलाई। ती बोलिने तल्लो स्तरका गालीहरू, रक्सीले मात्तिएर यो शरीरमाथि गरिने क्रियाकलापको पीडा कस्तो हुन्छ, त्यो तपाईंले बुझ्नै सक्नुहुन्न। क्षणभरको आनन्दका लागि मात्र पुरुषहरूले हामीमाथि गर्ने अत्याचारको तपाईंले के अनुमान लगाउन सक्नुहुन्छ र नि। तपाईं पनि आखिर त्यही क्षणिक आनन्दका लागि त मेरो अगाडि हुनुहुन्छ अहिले।”

बीचबाट चिरेर उनको प्रतिक्रिया भोलाको मस्तिष्कमा वारपार गर्छ। बिजुलीको करेन्ट लाग्दा जस्तै झिनिन्न हुन्छ उसको मन। केही शब्द निकाल्नलाई आँट नै गर्न सकेन उसले त्यस क्षण।  

“कति सजिलै भन्नुभयो कि तपाईं त्यस्तो देखिनुहुन्न भनेर। के निधारमा लेखिएको हुन्छ र? तपाईंहरू जस्ता पुरुषका कारण हामीहरू बाध्य हुनुपरेको छ...।” आँसु मिसिएको कफीलाई पिउँदै बोलिरहन्छिन् उनी।  

“मैले तपाईंको इमोसनलाई चोट पु¥याएको भए माफ गर्नुहोला। तर कदापि गलत अर्थमा भनेको थिइनँ मैले।” आफूलाई अलिक सचेत तथा झस्केर भन्यो भोलाले।  

‘मम्मी, किन साथीहरू सबै परीक्षा दिइरहेका छन्। तर किन मलाई भित्र पस्न नदिएको सरले? परीक्षा दिइनँ भने त कसरी म तपाईंले भनेको जस्तै ठूली मान्छे बन्न सक्छु त मम्मी?’ भनेर सोधिरहेकी सानी छोरी र उत्तर दिन नसकेर छोरीलाई अँगालो हालेर रुँदै गरेकी रीताको अनुहार झलझलती देख्न थाल्छ भोला।

“भोलि स्कुलमा फी नबुझाएको खण्डमा परीक्षा दिन पाउँदिन छोरीले। ठूला गफ मात्र गरेर हुने भए केके भइसक्ने थिएँ म।”

अब भोलाको मस्तिष्कमा रीताकी सानी छोरीले प्रवेश लिन्छ। स्कुलको गेटबाहिर बसेर भित्र अरू साथीहरूले परीक्षा दिइरहेको। सानी पुतलीजस्तै बच्चीका दुई आँखाबाट आँसुका धाराले भुइँ भिजिरहेको।  

‘मम्मी, किन साथीहरू सबै परीक्षा दिइरहेका छन्। तर किन मलाई भित्र पस्न नदिएको सरले? परीक्षा दिइनँ भने त कसरी म तपाईंले भनेको जस्तै ठूली मान्छे बन्न सक्छु त मम्मी?’ भनेर सोधिरहेकी सानी छोरी र उत्तर दिन नसकेर छोरीलाई अँगालो हालेर रुँदै गरेकी रीताको अनुहार झलझलती देख्न थाल्छ भोला।

अनुहारलाई उज्यालो पार्दै भोला भन्छ,“म तिरिदिन्छु तपाईंकी छोरीको फी यदि स्वीकृति दिनुहुन्छ भने।”

“यसको बदलामा मैले तपाईंसँग...!” भन्दै भोलाका दुई आँखामा नजर पु¥याउँछिन् उनी।

“हरेक कुरा लेनदेनमै सीमित हुनुपर्छ भन्ने पनि छैन नि!” चिसो भएको उनको हातमा आफ्नो हात राख्छ भोला।

पानी पर्न रोकिएको छ बाहिर। भित्र कपमा कफी पनि सकिएको छ। त्यत्तिकैमा एक पुरुष उनको अगाडि आएर उभिन्छ।

“यत्रो गफ भयो हाम्रो, तर तपाईंको नाम नै सोध्न भुलिछु।” मुसुक्क हाँसेर सोध्छिन्।

“भोला ।”

“ल भोला जाऔँ अब। पानी पर्न पनि बन्द भयो।”  

“तपाईंकी छोरीका लागि केही लगिदिनुहुन्छ? केही मगाऊँ म?”

“एउटा कुरा भनूँ, नरिसाउनु है।” आँखा झुकाउँदै भन्छिन् उनी।  

“भन्नू न ? तपाईंको मदत गर्न पाउँदा मलाई खुसी लाग्नेछ।”

“भोलि दुई बजे सर्वनाम थिएटरमा आउनुहुन्छ? तपाईंको प्रतीक्षामा बस्नेछु म।”

भोला आश्चर्य हुँदै भन्छ,“बुझिनँ मैले।”  

“बितेको तीनचार घन्टामा जेजे भए हामी दुईबीच ती सब भोलिको नाटकका लागि गरिएको रिहर्सल मात्र थियो। भोलिको नाटकलाई कसरी जीवन्त रूप दिन सकिन्छ भनेर यो सब नाटक गरेकी थिएँ। एउटा सानो प्रश्नमा अल्झिरहेकी थिएँ तर तपाईंले त्यसको पनि हल गरिदिनुभयो र भोलिको नाटककी नायिका म नै हुँ अनि मेरो रोल के हुनेछ भन्ने त तपाईंले राम्ररी थाहा पाइ नै सक्नुभयो।” ब्यागबाट आफ्नो कार्ड दिँदै भन्छिन्।  

उनका अगाडि उभिएको केटालाई ब्याग बोक्न दिएर बाहिर निस्किन्छिन् उनी। रातो गाडीको ढोका खोल्छ उक्त केटाले र पछाडिको सिटमा बसेर भोलालाई गाडीबाटै हात हल्लाउँछिन्। भोला रेस्टुरेन्टकै झ्यालबाट हात हल्लाइरहन्छ। 

प्रकाशित: ९ श्रावण २०७७ १७:२७ शुक्रबार

कथा अक्षर