हार्दिक न्यौपाने
प्रश्नकर्ता – नमस्कार म हार्दिक न्यौपाने । म कक्षा दुई ओपलमा पढ्छु । आज म पत्रकार तथा लेखक तथा मेरा बाबालाई इन्टरभ्यु दिन अनुरोध गर्दछु । ओके ।
ल अब यहा“लाई स्वागत छ ।
उत्तरदाता – धन्यवाद नमस्कार ।
प्रश्नकर्ता – बालबालिकाहरूलाई कस्तो विहेव गर्नुपर्छ ?
उत्तरदाता – बालबालिकालाई असल विहेव गर्नुपर्छ । राम्रो विहेव गर्नुपर्छ । उनीहरूलाई माया गर्नुपर्छ । उनीहरुले भनेको मान्नुपर्छ । उनीहरूसंग रिसाउनु हुँदैन । कुट्नु हुँदैन । दण्ड दिनु हुँदैन । गाली गर्नु हुँदैन । माया गरीगरी हुर्काउनुपर्छ । खेल्न दिनुपर्छ । बालबालिका खेल्न रुचाउ“छन् । यस्तैयस्तै व्यवहार गर्नुपर्छ ।
प्रश्नकर्ता – बालबालिकाहरूलाई कुनैकुनैको त छुचो बाबाआमा पनि हुन सक्छन् । उनीहरूको बुद्धि हुँदैन । बुद्धि नभएपछि तिनीहरूले बालबालिकाहरूलाई नखेल, पढाइ गर, पढाइ गर भनेर भने भने उनीहरूको दिमागमा के असर पर्छ ?
उत्तर – अब यहा“ले सानो मान्छे भए पनि धेरै प्रश्नहरू उठाउनुभो । यस्ता बाबाहरू थुप्रो हुनुहुन्छ । बाबाममीहरू धेरै हुनुहुन्छ । यसले गर्दा धेरै बच्चाहरूलाई दिमागमा असर परेकँे छ । उनीहरूचाहिं अप्ठेरो परेको छ । त्यस्तो बाबाआमाहरूलाइ चाहिं त्यस्तो नगर्नु । राम्रोसंग विहेव गर्नुस्, आफ्ना छोराछोरीलाई नकुट्नुस्, गाली नगर्नुस् भनेर म उहा“हरूलाई सुझाव दिन चाहन्छु ।
प्रश्नकर्ता – अनि बच्चाहरूलाई राम्रो विहेव गरेन भने त उनीहरू रिसाउ“छन् । रिसाएर वरेर उनीहरू त झुक्केर पागल पनि हुन सक्छन् ∕
उत्तर – हो त नि, धेरै समस्या हुन्छ । मानसिक समस्या हुन्छ ।
प्रश्नकर्ता – अनि पागल (डिप्रेसन) भएर झ्यालबाट हामफाले भने के हुन्छ ?
उत्तर – त्यो एकदम दुर्भाग्य हुन्छ । त्यस्तो अवस्था आउन दिनु हुँदैन । त्यही भएर अभिभावकलाई म राम्रो व्यवहार गर्नुस् भनेर सुझाव दिन चाहन्छु । (मोबाइल अलि नहल्लाईकन खिच्नु होला)
प्रश्नकर्ता – अनि बालबालिकाहरूले राम्रो विहेव गरेन भने दिमागमा धेरै असर गर्छ । उनीहरू ठूलो भएपछि फ्युचरमा धेरै जा“ड खाएर मान्छेहरूलाई कुट्न पनि सक्छन् ।
उत्तर – ओहो, हो त नि । कुलतमा फस्न सक्छन् । लागू पदार्थ खान सक्छन् । चुरोटगाजा खान सक्छन् । गलत बाटोमा लाग्छन् । यहा“ले महत्वपूर्ण सवालहरू उठाउनुभो ।
प्रश्नकर्ता– अनि बच्चाहरुलाई राम्रो व्यवहार गरेन भने उनीहरूको फ्युचर धेरै नराम्रो पनि हुन सक्छ ∕
उत्तर – हो, उनीहरू गलत बाटोमा लाग्न सक्छन् । नपढ्न सक्छन् । उनीहरु असल नहुन सक्छन् ।
प्रश्नकर्ता – स्कुलमा धेरै सरारत गर्न सक्छन्...
उत्तर – सरारत भनेको के हो ?
प्रश्नकर्ता – छुचो हुन सक्छन्..
उत्तर – हो, छुचो हुन सक्छन् । चिडचिडाहट हुने, झनक्क झन्कने, कसैलाई नटेर्ने, नगन्ने, अहंकारी हुने, घमण्डी हुने जस्ता समस्या हुन्छ ।
प्रश्नकर्ता – अनि अरूलाई पिट्नीवर्नी । थर्काउनी । हात उठाउनी ।
उत्तर – त्यस्तो पनि हुन सक्छ । त्यही भएर असल संस्कार सिकाउनुपर्छ । राम्रो व्यवहार गर्नुपर्छ । असल संस्कार दिएर हुर्कायो भने यो समस्या आउ“दैन ।
प्रश्नकर्ता – यस्तो किसिमको समस्या आयो भने तुरुन्तै हस्पिटलमा फोन लगाइहाल्नुपर्छ ।
उत्तर – हो...
प्रश्नकर्ता – डाक्टर (मनोचिकित्सक) ले ठीक पार्न सक्नु हुन्छ ।
उत्तर – हो, साइकोलोजिस्टहरूकोमा लानुपर्छ ।
प्रश्नकर्ता – डक्टरले पनि ठीक पार्न सक्नु भएन भने पुलिसले ठीक पार्न सक्छन् ।
उत्तर – हो केही लागेन भने त कानुनहरू बनेको छ । पुलिसकोमा पनि जानुपर्छ । यो गर्नुचाहिं, बालबालिकालाई हिंसा गर्नु, नराम्रो व्यवहार गर्नु दण्डनीय हो । यहा“को कुरा एकदमै ठीक हो । पुलिसहरूकोमा पनि जानुपर्ने हुनु सक्छ ।
प्रश्नकर्ता – तर डक्टरको औषधिले ठीक भयो भने पुलिसकोमा जानु पर्दैन । काउन्सिलिङ गर्नुहुन्छ उहा“हरूले । सम्झाउनुहुन्छ । साइकोलोजिस्टहरूको..
प्रश्नकर्ता – तर सम्झाउ“दा पनि मानेन् भने कुट्नुहुन्छ । कुट्दा पनि मानेनन् भने पुलिसले जेलमा हाल्दिनुहुन्छ ।
उत्तर – कुट्नु त हु“दैन । कुट्ने कुरा त गर्नु हुन्न ।
प्रश्नकर्ता – कुट्नु त हुन्न तर नराम्रो मान्छेले सम्झाउ“दा पनि मानेनन् भने त थर्काउने । थर्काउ“दा पनि मानेनन् भने हातै उठाउनुपर्छ ।
उत्तर – हो । हेरौं । अवस्थाअनुसार कोहीकोही बेला न्यूनतम हस्तक्षेप गरेर अलिअलि पाटपिट पार्न पनि सकिन्छ ठूलालाई । तर सानालाई त पिट्नै हुँदैन ।
प्रश्नकर्ता – सानालाई हात उठाउनु पनि हुँदैन।
उत्तर – हुँदैन..
प्रश्नकर्ता – बच्चालाई त इति चिमट्यो भने पनि, भर्खर जन्मेको बच्चालाई त इति चिमट्यो भने पनि मर्छन् ।
उत्तर – हो त नि । दुर्घटना हुन्छ । त्यही भएर पिट्नु हु“दैन । असल व्यवहार गर्नुपर्छ । राम्रो व्यवहार गर्नुपर्छ । सम्झाउनुपर्छ । बच्चाहरूले पनि बुबाआमाले भनेको मान्नुपर्छ । अनि होमवर्क पनि गर्ने, स्कुल पनि जाने, खेल्ने पनि, खाने पनि, रमाइलो पनि गर्ने, कहिलेकाहीं अलिकति टिभी पनि हेर्ने । धेरै टिभी नहेर्ने । थोरै अलिकति मोबाइल हेर्ने.. ।
प्रश्नकर्ता (बीचमा रोक्दै) – अनि अलिकति मोबाइल हेरे पनि मोबाइलमा धेरै गेम नखेल्ने ।
उत्तर – अ“..
प्रश्नकर्ता (बीचमा रोक्दै) – मोबाइलमा धेरै गेम खेल्यो भने दिमागमा असर गर्छ ।
उत्तर – सही कुरा हो । सही कुरा गर्नुभो ।
प्रश्नकर्ता – धन्यवाद हामीलाई इन्टरभ्यू दिनका लागि । अब..
उत्तर – धेरैधेरै धन्यवाद, यहा“लाई पनि यति सानो बच्चास“ग कुराकानी गर्न पाइयो । धेरै खुशी छु ।
प्रश्नकर्ता – अब म बिदा माग्छु ।
उत्तर – म पनि बिदा माग्छु । हस्त नमस्कार
प्रश्नकर्ता – नमस्कार ।
प्रकाशित: ९ श्रावण २०७७ ०७:५७ शुक्रबार