कला

हाम्रा आदिकवि

कविता

एलिशा घिमिरे

एलिशा घिमिरे

कक्षाः७, सैनिक आवासिय महाविद्यालय, भक्तपुर  

 

केही कुरा भन्ने इच्छा भएर मनमा

२०६ औं भानुजयन्तीको उपलक्ष्यमा  

मेरा प्यारा साथी र मान्यजन सबैमा

भानु जयन्तीको शुभकामना।।

 

नेपाली भाषाका भएर उज्याला रवी  

१८७१ को तनहुुँमा जन्मेका थिए आदिकवि

धनन्जय र धर्मवतिबाट जन्मेका उज्याला तारा

अझै पनि मनमा छन् नेपालीका सारा ।।

 

प्रश्नोतर ,भक्तमाला, बधुशिक्षा जस्ता कृति लेखे

नेपाल र नेपालीलाई मात्र सधैं आफ्नो देखे  

संस्कृतको रामायणलाई पढी ज्ञान लिए  

सबैले पढ्न नजान्दा नेपालीमा अनुवाद गरिदिए।।  

 

हजुरबुबा र बनारसबाट शिक्षा आर्ज गरे  

साहित्यमा धेरै ज्ञान नै ज्ञानको भण्डार भरे

नेपाली भाषाको प्रचार गरि ज्ञानको ज्योति ल्याए  

उनका कारणबाट सबैले शिक्षित हुने मौका पाए ।।

 

वर्णन गरेर सकिँदैन उनको महिमा आज

१९२५ मा विदा कवि हाम्रो माझ  

उनको शरीर नभए पनि योगदान आज  

सम्पूर्ण नेपालीको बनेका छन् शिरको ताज।।

प्रकाशित: २९ असार २०७७ १०:५० सोमबार

जूनकीरी कविता