कला

कोभिड–१९ ले निम्त्याएको संकटमाथि बन्यो लघुचलचित्र ‘लकडाउन’

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको डरले मन अशान्त छ। हरपल कुरा खेलिरहन्छ। बन्दाबन्दीले वातावरण उकुसमुकुस बनाएको छ। रोगको डर र अर्कातिर आर्थिक मन्दीका कारण हजारौं मजदूरहरू तनावमा परेका छन्। यस्तै अकल्पनीय महामारीको विषयलाई समेटेर सञ्चकर्मी रामजी ज्ञवालीले लघु चलचित्र ‘लकडाउन’ निर्माण गरेका छन्।  

कोभिड–१९ का कारण आर्थिक संकटमा परेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुझेर र उनी प्रति देखाएको सद्भाव र सहयोगलाई चलचित्रमा देख्न सकिन्छ।  

रामजीकै लेखन तथा निर्देशन तयार भएको चलचित्रमा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेले अभिनय गरेका छन्। द सेलिब्रेटी टाइम्सको ब्यानरमा बनेको चलचित्र काठमाडौं र ललितपुरको विभिन्न स्थानमा खिचिएको छ। 

प्रकाशित: २८ असार २०७७ १०:४२ आइतबार