अन्य

क्षमायाचना

यही २० असारमा नागरिक अनलाइनमा छापिएको दिला शाहको ‘लकडाउनभित्रका कथाहरू’ नामक सामग्री र ६ असारमा कान्तिपुर दैनिकमा छापिएको शरच्चन्द्र वस्तीको ‘लकडाउनपछि एक दिन’ शीर्षकको लेखको विषयवस्तु मिल्न गएकामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। तर सामग्रीको विषयवस्तु शाहले लेखबाट चोरी गर्नुभएको हो वा संयोग हो भन्नेमा शाहले नै स्वीकार नगर्दासम्म हामी यकिन हुन सक्दैनौँ। तर, विषयवस्तु आलेखसँग हुबहु मिल्न गएको र छाप्नुअघि यसतर्फ ध्यान पुग्न नसकेकामा हामी क्षमायाचना गर्दैछौँ। शाहको उक्त सामग्री हाम्रो अनलाइनबाट हटाइएको अवगत पनि गराउँछौँ।  

बौद्धिक सम्पत्ति चोरीको हामी सधैँ विरोधी हौँ। आलेखको विषयवस्तु चोरिएको वा मिल्न गएको सम्बन्धमा लेखक शाहले स्पष्ट नगरेसम्म भविष्यमा सम्बन्धित लेखकका सामग्री स्वीकार नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं।  

प्रधान सम्पादक    

 

प्रकाशित: २० असार २०७७ ०५:५७ शनिबार