कला

मेरी महान आमा

कविता

सिम्रन चौंलागाई

सिम्रन चौंलागाई

 

आफ्ना  इच्छा सबै मा-यौ, मलाई खुसी दिलाउन  

निन्द्रा, भोक, प्यास त्याग्यौ, पोषिलो आहार पिलाउन।  

म बिरामी हुँदाखेरी, कुना फर्कि रून्छ्यौ तिमी  

एक्लै मलाई हुकाईराछ्यौं, आमाबुबा दुवै बनि।      

 

कसोगरी सक्नुहोला, तिर्न तिम्रा सबै ऋण,

कसम खाई भन्छु आमा, दुःखी हुन कहिल्यै दिन्न।  

अक्षर चिन्न सक्ने बनाई, उज्यालो संसार टेकायौ,  

धन्य छु हे विधाता ! मलाई महान आमा दिलायौ।  

 

तिम्रा आँसु भुल्दिन म, न त भुल्छु संस्कार,  

देवीतुल्य तिमीलाई, कोटीकोटी नमस्कार।  

स्वर्गसरि तिम्रो काख, ममतामै रमिरहुँ,  

जुनीजुनी सयौं जुनी, तिम्रै छोरी बनिरहुँ।  

आमा

प्रकाशित: १६ असार २०७७ ०१:४४ मंगलबार

अक्षर कविता आमा