कला

पागलप्रेमी

संस्मरण

प्रकाश गुरुङ

मनसुनको सौन्दर्य विचित्रकै हुन्छ। चारैतिर हरियाली, त्यसमाथि भुइँकुहिरोको साम्राज्य। बेलाबेलामा आउने बाढीपहिरोले भने दुःखी बनाउँछ। एकपटकको कुरा, मनसुन बिदा लिने तरखरमा थियो। डाँडापाखा र हिमाल खुल्न थालिसकेका थिए। ताङतिङ गाउँका हामी तन्नेरी घुमफिरका लागि मुक्तिनाथ, मनाङ, अन्नपूर्ण, घान्द्रुक, सिरुबारी, चितवन लगायतका ठाउँमा जाने योजना बनाउँदै थियौं।  

जात्रा, तीर्थ तथा अध्ययन भ्रमणले मनोरञ्जन प्राप्त हुन्छ। ज्ञानगुन बढ्छ। ती ठाउँको पर्यटन विकास देखेर फर्केपछि गाउँमा आर्थिक क्रियाकलापसँग जोडिने केही न केही काम गर्न सकिन्छ। यही बुझेर हामी पाँच भाइ ग्रामीण पर्यटनको अध्ययन गर्न सिरुवारी, स्याङ्जाको यात्रामा निस्कियौं।  

ठ्याक्कै मिति सम्झना भएन, २०६५ साल असोजको अन्तिम साता हुनुपर्छ। मचाहिँ दोस्रो पटक सिरबारी पुग्दै थिएँ। हामीले त्यहाँ पुगेर पर्यटकको कसरी सत्कार गर्ने, होमस्टे कसरी व्यवस्थापन गर्ने र पर्यटनले गाउँको अर्थतन्त्रमा कत्तिको योगदान गर्न सक्छ भन्ने सुक्ष्म अध्ययन ग-यौं।  

हाम्रो यात्रामा छाचोकका एक जना मितज्यू पनि थपिए। मितज्यू ज्यादै फरासिला थिए। कुरा गर्न सिपालु। अपरिचितसँग छिट्टै घुलमिल हुनसक्ने। यात्रामा मितज्यूमार्फत स्याङ्जातिरकै अर्का एक जना भाइसँग परिचय भयो। तिनको अनुहार मलिन थियो। उनले आफ्नो परिचय दिए, ‘म विवश क्षेत्री।’

एक दिन उनले मलाई ‘म तिमीलाई माया गर्छु’ भनेर गुलावको फूल दिइन्। म लाजले भुतुक्कै भएँ। केही उत्तर दिन सकिनँ। अर्को दिन हामी दुवैका आँखा जुधे। लुसीको माया लागेर आयो। भनिदिएँ, ‘म पनि तिमीलाई माया गर्छु।’  

हामी गफिँदै गयौं। उनी गम्भीर देखिन्थे। मितज्यूले हाम्रो फोटा खिचे। फोटो खिच्ने बेलामा पनि त्यो भाइको अनुहार चम्केन। सोचें मुग्लानबाट फर्केको होला! मनभरि समस्या बोकेर हिँडेको होला!  

बाटो काट्न तिनै नयाँ साथी विवशलाई सोधें, ‘भाइ के छ खबर? उनले रुन्चे अनुहारमा भने, ‘सोचे जस्तो हुन्न जीवन’ भन्ने गीतजस्तै छ मेरो जीवन। म त बाँचेर पनि मरेतुल्य छु।’

मैले सुनिरहेँ, ‘दाइ के गर्ने छोडिगएका दिनहरूको खूब याद आउँछ। म चौध वर्षको थिएँ, गाउँमै ८ कक्षामा पढ्थें। घरको कमजोर आर्थिक स्थिति, त्यहीमाथि बाबाको कचकच। त्यसैले दाइको बाटो रोजेर म पनि मुग्लान गएँ।’

‘म भारतमा चाउचाउ कम्पनीमा काम गर्थें। तलब भारु.पन्ध्र सय आउँथ्यो। त्यही समयमा दाइले साहूकी छोरीलाई मायाजालमा पारी नेपाल ल्याउनुभयो। त्यसपछि मेरा दुःखको दिन शुरू भए’, सुनाउँदासुनाउँदै उनका आँखाका डिलबाट बरर आँसु झ¥यो।  

उनका कुराले हामी पनि भावुक बन्यौं। उनी भन्दै गए, ‘मलाई भाउजूका माइतीले नराम्रोसँग चुटे। हाम्रो एउटा मात्र गल्ती थियो कि हामी नेपाली हुनु र मुग्लानमा पराईका छोरीसँग पिरती गाँस्नु। त्यसपछि मैले एक वर्ष जेलमा बस्नुप¥यो। दाइले भाउज्यूलाई भगाउनु भयो। मेरो के दोष थियो र?’

उनी भक्कानिए। बोली अवरुद्ध भयो। जेलमुक्त भएसँगै उनले पाँचतारे होटलमा भान्छेको काम पाए। त्यहीबेला फुर्सदमा नाच पनि सिकेछन्। ‘६ महिनाको तालिमपछि मैले नाच सिकाउने मौका पाएँ। सुन्दर सपना मनभरि सजाएर युवायुवती सिक्न आउँथे। त्यस्तैमा एक जना डाक्टर लुसी पनि आइन्। सबै जना नाच सिकेर जान्थे। उनीचाहिँ त्यत्तिकै बसिराख्थिन।  

म के समस्या प¥यो लुसी भनेर सोध्थें। एक दिन उनले मलाई ‘म तिमीलाई माया गर्छु’ भनेर गुलावको फूल दिइन्। म लाजले भुतुक्कै भएँ। केही उत्तर दिन सकिनँ। अर्को दिन हामी दुवैका आँखा जुधे। लुसीको माया लागेर आयो। भनिदिएँ, ‘म पनि तिमीलाई माया गर्छु।’  

उता लुसीको निजी अस्पताल थियो। उनका दाइको पाँचतारे होटल थियो। लुसी प्रेममा अन्धो भएर सबै त्यागेर आइन्। पोखरा आएपछि विवशले लुसीलाई भने, ‘तिमी होटलमा बस्दै गर। म गाउँमा बाबाआमासँग बिहेको अनुमति मागेर आउँछु अनि सँगै घर जाऔंला।’  

त्यसपछि लुसीको मन हलुंगो भयो। यसरी हामीले सँगै बाँच्ने र सँगै मर्ने कसम खायौं।  

‘कथा त मीठो रहेछ भाइको।’  

उनीहरू गहिरो प्रेममा परेछन्। रमाइलोसँग दिनहरू बित्दै थिए। विवश गाउँ नर्फकेको पनि एक दशक पुगेको थियो। त्यो झुपडी, त्यो हिमाली गाउँ, गाउँमुनिको खोला, बूढा भइसकेका बाबाआमा सम्झिए उनले। सम्झँदा राति उनको सिरानी भिज्यो। प्रवासी जीवनलाई धिक्र्कादै भोलि नै नेपाल जाउँजाउँ जस्तो लागेछ। उनले लुसीलाई आफ्ना कुरा सुनाए। विवाह गरेर नेपाल आउन उनी सहमत भइन्। दुवै जना गुजरात, मुम्बई, रक्सौल हुँदै पोखरा आइपुगे।  

उता लुसीको निजी अस्पताल थियो। उनका दाइको पाँचतारे होटल थियो। लुसी प्रेममा अन्धो भएर सबै त्यागेर आइन्। पोखरा आएपछि विवशले लुसीलाई भने, ‘तिमी होटलमा बस्दै गर। म गाउँमा बाबाआमासँग बिहेको अनुमति मागेर आउँछु अनि सँगै घर जाऔंला।’  

विवश घर पुगे। उनले बुहारी लिएर आएको कुरा रुचाएनन् अभिभावकले। ‘हे भगवान छोराले बुढेसकालमा कमाएर ल्याउलान् र सुखसँग हामीलाई पाल्लान् भनेको त झन दुःख पो दिने भए’ भनेर रिसाए। विवशले सम्झाउन खोजे तर मरिजाउँ उनीहरूले मानेनन्।  

भनेछन्, ‘हामीलाई जिउँदै मार्नु। त्यो नचिनेको बुहारी ल्याए हामी दुवै झुण्डिएर मर्छौं।’  

अब विवशको दिमागले काम गरेन। भारतबाट ल्याएकी दुलहीसँगै बस्ने कि आमाबुबालाई साथ दिने? उनले सयौंपटक सोचे। मनमा धेरै कुरा खेले। उनी धर्मसंकटमा परे। उनले लुसीलाई मनमुटुमा सजाएर पनि बाबाआमाको कुरा काट्न सकेनन्।  

सिमाना र कथित संस्कृतिलाई धिक्कार्दै उनी पोखरा झरे। होटलमा पुगेर लुसीका खुट्टा समाते, ‘प्रिय, म तिम्रो भएर पनि यो ढोंगी समाज र सिमानाले भौतिक रूपमा तिम्रो बन्न सकिँन। मेरो मन सधैं तिमीसँगै हुनेछ।’  

लुसीको भक्कानो छुट्यो। त्यो रात दुवै भोकै सुते। अर्को दिन बिहानै पाँच बजे उठेर पृथ्वीचोकबाट बस समातेर सुनौलितिर लागे। रक्सौल पुगेर रुँदै विवशले प्राणभन्दा प्यारी लुसीलाई बिदाइ गरे। दुवै जना अँगालोमा बाँधिएर एकदमै रोए। दुवैले एकअर्कालाई धिक्कारे!  

सिमाना र कथित संस्कृतिलाई धिक्कार्दै उनी पोखरा झरे। होटलमा पुगेर विवशले लुसीका खुट्टा समाते, ‘प्रिय, म तिम्रो भएर पनि यो ढोंगी समाज र सिमानाले भौतिक रूपमा तिम्रो बन्न सकिँन। मेरो मन सधैं तिमीसँगै हुनेछ।’

सिमाना, भूगोल र कथित संस्कारका कारण विवश र लुसी सँगै बस्न पाएनन्। औपचारिक रूपमा एक हुन सकेनन्। दुवै प्रेममा पागल बनिरहे। विवशले सुनाए, ‘चार वर्षसम्म त उनको एकदमै याद आउँथ्यो। मीठो खाना पाक्दा, कुनै रमाइलो ठाउँमा पुग्दा, नयाँ कपडा किन्दा खाली उनैलाई सम्झन्थें। अहिले उनको विवाह भयो। बाबाआमाले मेरो पनि विवाह गराइदिनुभयो।’

विवशताको छाता ओढेर उनी लुसीलाई भुल्न खोज्छन्। तर भुल्ने कसरी? कहिलेकाही लुसीले फोन गर्छिन्। ‘उनीसँग सुखदुःखका कुरा हुन्छ’, विवशले आँसु पुछे, ‘हामीलाई भाग्यले ठग्यो, सिमाना, भूगोल र कथित संस्कारले ठग्यो।’    

एकछिन म पनि भाबुक बनें। तुरुन्तै उनलाई सम्झाएँ, ‘जीवन भनेको यस्तै हो, सधैं सोचेजस्तै हुन्न। सबैको प्रेम सफल नहुनसक्छ। आफूसँग जे छ त्यसमै सन्तोष मान।’

हामी कुराकानी गर्दै हिँडेका थियौं। उनको मोबाइल फोनको घण्टी बज्यो। उताबाट श्रीमतीले सोधिन्, ‘बाबा कहाँ आइपुग्नुभयो?’

‘घर नजिक आइपुग्दैछु।’

अलिक अगाडि पुगेपछि छुट्टिने बेला भयो। उनले घरको बाटो समाते। हामी पनि सिमाना र कथित संस्कारले असफल बनाएको उनीहरूको प्रेमकथामा केहीबेर घोत्लियौं।

(हिमालय मिलन मावि, ताङतिङ,कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश।) 

प्रकाशित: १३ असार २०७७ ०१:२३ शनिबार

संस्मरण अमर प्रेम अक्षर