कला

लघु चलचित्र ‘सन्ताप’ सार्वजनिक

एभरेष्ट फिल्म एकेडेमीमा अध्यनरत विद्यार्थीले निर्माण गरेको लघु चलचित्र ‘सन्ताप’ सार्वजनिक भएको छ। सामाजिक विषयवस्तु माथि समेटिएर निर्माण भएको ‘सन्ताप’ लाई बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।  

सन्जोग गुरुङले लेखन तथा निर्देशन गरेको चलचित्रलाई प्रथम वर्षका अध्यनरत २३ जनाको टिमले मिलेर बनाएका हुन् ।  निर्देशक गुरुङका अनुसार चलचित्रले समाजमा महिलामाथि हुने हिंसालाई उजागर गर्न खोजेको छ ।  

‘नेपाली समाजमा अझै पनि महिला हिंसाका घटना घटिरहेका छन् । हामीले महिलाको संवेदनालाई उठाउन खोजेका हौ’, गुरुङले भने । 

 पछिल्लो समय युट्युबमा फिचर लेन्थको फिल्म धेरै आएका छन् । तर, लघु चलचित्र हेर्दा दर्शकले छोटो समयमा नयाँ जानकारी पाउने उनको भनाइ छ ।

‘लघु चलचित्र आफैंमा एउटा विश्वविद्यालय हो,’ उनी भन्छन्, समाज महिला मात्रै नभएर दलितमाथि हुने थिचोमिचोको  विषयलाई पनि आधार बनाएर निर्माण गरिएको छ । यो हाम्रो पहिलो प्रयास हो । जसले दर्शकको मन जित्छ ढुक्क छौं।’

करिब १६ मिनेट लामो चलचित्रमा आयान परियार, नविन अवस्थी, रुपेश बमजन, सुवास सिंह ठकुरी, सोयम पोखरेल र मानश शर्माको अभिनय छ भने निरज खड्का, सुरज मर्जन अमृत उपाध्यले मिलेर क्यामेरा चलाएका हुन् । विशाल थापाको छायंकनमा तयार भएको चलचित्रमा सनम मगरको सम्पादन र विवेक चौधरी रहेको छ ।  

प्रकाशित: १२ असार २०७७ १३:२८ शुक्रबार

सार्वजनिक लघु चलचित्र