कला

सामाजिक सञ्जालमा ट्रोलको शिकार बनिन् सोनम

बलिउड अभिनेत्री सोनम कपूरले आइतबार गरेको एउटा ट्वीटका कारण उनी दिनभर सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छिन् । ‘फादर्स डे’को अवसरमा उनले गरेको ट्वीटले गर्दा सोनम ट्रोलको शिकार हुन पुगेकी हुन् ।

‘सोनमले ट्वीटमा लेखेकी थिइन्,आज फादर्स डे, म एउटा कुरा भन्न चाहन्छु कि म मेरो बुबाको छोरी हुँ र उहाँकै कारण आज म यस स्टेजमा छु, मैले विशेषाधिकार पनि पाएकी छु। यो अपमान होइन। मेरा पिताले मलाई यी सबै कुरा दिन कडा मेहनत गर्नुभयो। यो मेरो काम हो कि म जन्मिएको छु र मेरो परिवारमा। मलाई गर्व छ कि म मेरो बुबाको छोरी हुँ।’ बिबिसी

प्रकाशित: ७ असार २०७७ १८:१५ आइतबार

सामाजिक सञ्जाल बलिउड अभिनेत्री सोनम कपूर