कला

जातीय स्मारक हटाउन टेलर स्विफ्टको आह्वान

गायिका टेलर स्विफ्टले टेनेसीका सांसदहरूलाई जातीय स्मारक हटाउन आह्वान गरिरहेको छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ‘खलनायक मूर्तिहरूको लायक नभएको’ ट्वीट गर्दै जातीय स्मारक हटाउन आह्वान गरेकी थिइन ।  

‘हाम्रो राज्यमा राखिएका खराब काम गर्ने जातीय ऐतिहासिक व्यत्तित्वहरूको स्मारकहरूले टेनेसीको प्रतिनिधित्व गर्छु भन्ने कुराले मलाई बिमारी तुल्याउँछ,’ उनले ट्वीट गरेकी थिइन, ‘एडवर्ड कारम्याक र नेथन बेडफोर्ड फोरेस्ट हाम्रो राज्यको इतिहासका लाथि तुच्छ व्यक्तित्वहरू थिए र उनीहरूलाई पनि यस्तै व्यवहार गर्नुपर्दछ ।’  

अमेरिकामा जारी ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले मे ३० मा टेनेसीमा रहेको वकिल तथा न्युजपर्सन कारम्याकको स्मारक भत्काएपछि उनले आक्रोशित प्रतिक्रिया दिएकी हुन् । गायिका स्विफ्टका अनुसार कारम्याकको लेखले जातीय विभेद र अश्वेत व्यक्तिहरूप्रति लक्षित हिंसात्मक आक्रमणलाई बढावा दिएका थिए ।  

टेनेसी राज्य सरकारले कारम्याकको स्मारकलाई प्रतिस्थापन गर्ने बताएको थियो । उनले अनावश्यक रूपमा राज्यको कोष खेर नफाल्न अनुरोध गर्दै सही काममा खर्चिन सुझाव दिएकी थिइन ।  

गायिका स्विफ्टले पनि राज्यको समितिको आलोचना गदै मतदानमार्फत नेथन बेडफोर्ड फोरेस्टको प्रतिमा समेत हटाउन आग्रह गरेकी थिइन । ‘उनको प्रतिमा अझै उभिरहेको छ र जुलाई १३ मा हामी नेथन बेडफोर्ड फोरेस्ट डे मनाएरहेका छौं,’ उनले ट्वीट गरेकी थिइन । त्यस्ता विवादित व्यक्तित्वहरूको स्मारक हटाउँदा टेनेसीमा बसिरहेका अश्वेत अमेरिकीहरूको जीवनमा सुधार आउने तर्क उनले गरिन् ।  

‘जब तपाईं जातीयवादी विभेद गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्न लागि पर्नुहुन्छ । त्यसले टेनेसीमा बसिरहेका अश्वेत अमेरिकी र उनीहरूको लागि न्याय मागिरहेका सहयोगीहरूलाई चोट पुग्दछ,’ उनले ट्वीट गरिन्, ‘तपाईंले इतिहास परिवर्तन गर्न सक्नुहुन्न । तर तपाईं यसलाई परिवर्तन गर्न सक्नुहुन्छ ।’  

यसअघि अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको हत्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन भइरहेको अवस्थामा गायिका स्विफ्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनको अन्त्य हुने प्रतिक्रिया दिएकी थिइन ।  

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालको हिंसाविरुद्धको नियमलाई उल्लंघन गर्दै अनलाइनबाट ‘लुटपाट सुरू गरे गोली चलाइने’ धक्की दिएपछि उनी आक्रोशित भएकी थिइन । ‘तपाईको राष्ट्रपति पद सेताका वर्चस्वमा रहेर जातीय भेदभावको विरोधमा हिंसाको धम्की दिनुअघि नैतिक श्रेष्ठता दर्साउने साहस छ ?,’ गायिका स्विफ्टले राष्ट्रपति ट्रम्पलाई ट्वीटरमा सम्बोधन गर्दै लेखेकी थिइन, ‘लुटपाट सुरू गरे गोली चलाउनु हुन्छ ? हामी आउँदो नोभेम्बरमा तपाईंलाई मतदान गर्नेछौं ।’ ट्वीटरमा सर्वाधिक अनुसरण गरिएको व्यक्तिको सूचीमा उनी पाँचौं स्थानमा छिन् ।

प्रकाशित: १ असार २०७७ ०१:१५ सोमबार

टेलर स्विफ्ट सामाजिक सञ्जाल जातीय स्मारक