कला

कलाकार जयनन्दचन्द ठकुरीको निधन

कलाकार जयनन्दचन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ। ललितपुरको बागडोलस्थित निवासमा आइतबारउनको निधन भएको थियो।  १२ वर्षदेखि प्यारालाइसिसले थलिएका उनी सुगरबाट पीडित थिए। आइतबार पशुपतिको विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको थियो। ‘जीवनरेखा’, ‘भाग्यरेखा’, ‘विश्वास’, ‘फेरि भेटौंला’, ‘मायालु’ र ‘युद्ध’ लगायत फिल्ममा अभिनय गरिसकेका उनी पछिल्लो पटक ‘भागीभागी नजाउ तिमी’ मा देखिएका थिए। उनले भारतीय र पाकिस्तानी फिल्महरूमा समेत अभिनय गरेका छन्।

‘उहाँको सम्पर्कमा भएको हुँदो बिहान फोन गरेर मलाई गाह्रो भयो भनेर भन्नु भएको थियो,’ चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भने, ‘डाक्टर आउँदैछन् भन्नु भएको थियो। बिहान साढे ११ बजेको आसपासमाआफ्नै निवासमा प्राण त्याग्नु भएछ।’ कलाकार ठकुरीका श्रीमती र एक छोरी छन्।

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०५:३६ सोमबार