दिला शाह
कति वर्षदेखि पूरै अँध्यारो थियो गाउँ । गाउँमा सूर्य उदाउनै छाडेको थियो । कालो बादलले आकाश ढाकेको पनि होइन । राति जून र तारा देखिएकै थिए । तर, बिहान जून र तारा हराए पनि रात हराउँदैनथ्यो । घाम उदाउँदैनथ्यो । रातकै अँध्यारो दिनमा पनि छाउँथ्यो । घरभित्र टुकी बाल्नु पथ्र्यो ।
अँध्यारोले गर्दा नानीहरू स्कुल जान पाइरहेका थिएनन् । किताब पढ्न पाइरहेका थिएनन् । कमाइका लागि खाडी गएका आफ्ना बुवा, आमा या दाजुभाइलाई चिठी लेख्न सकिरहेका थिएनन् । घाम नभएकाले खेतमा अन्न फल्न छाडेको थियो । बारी बाँझै थिए ।
छाउगोठबाट चेली हराउन थालेका थिए । गाउँमा चितुवाको बिगबिगी बढेको थियो । गाउँलेहरूले आआफ्नो भकारीमा लुकाएर राखेको थोरै अन्न चोरी हुन थालेको थियो । गाउँबाट पुलिसचौकी अन्तै सरेको थियो । स्वास्थचौकी पनि अर्को गाउँमा स्थानान्तरण गरिएको थियो । कतिखेर सुत्ने र कतिबेला उठ्ने भन्ने निधो थिएन । त्यसैले गाउँलेको निन्द्रा बढेको थियो ।
अँध्यारोका अरू कहालीलाग्दा परिणाम पनि देखिन थालेका थिए गाउँमा ।
भूतहरूले द्वन्दकालका बेला बैंकबाट लुटिएका रकम पनि गाउँमा ल्याए र त्यही पैसाले ठूलठूला होटल र डिपार्टमेन्टल स्टोर खोले । गाउँमा बैंक खुल्यो । सिनेमाघर खुल्यो । रेष्टुराँ खुले ।
श्रीमतीलाई कुवेत पठाएको लालबाबुले र छिमेकी जयरामकी छोरी जमुनालाई अँध्यारोको फाइदा उठाएर प्रेमजालमा पा¥यो । जमुनाले पेट बोकी । त्यसपछि भने लालबाबु जमुनासित तर्किन थाल्यो ।
‘मलाई नछाड क्या लालबाबु बरु म तिम्री कान्छी भैना बसि जान्छु । तिम्री जेठी जहानलाई दिदी मान्यल्छु र सेवा गरेल्छु ।’
यसरी अनेक अनुनयविनय गरेकी थिई जमुनाले । तर, अँध्यारोकै फाइदा उठाएर लालबाबु गाउँबाट भाग्यो । जमुना लोकलाजको भयले अँध्यारैमा जंगल गई र रूखमा झुन्डिएर आत्महत्या गरी । अँध्यारोले गर्दा कसैगरी पनि जमुनाको खोजी गर्न सकेनन् गाउँलेहरूले । उसको लाश जंगलमै कुहियो ।
रामेश्वरको छोरो लक्ष्मणले भर्खर सल्यानबाट बिहे गरेर दुलही भित्र्याएको थियो । तर, भित्र्याएको दिनदेखि गाउँमा अँध्यारो भयो । उसले दुलहीको अनुहारै देख्न पाएन । दुलहीले पनि आफ्नो लोग्नेको अनुहार देख्न पाइनँ ।
एकरात कोही अर्कै पस्यो दुलहीको कोठामा ।
दुलहीले सोधी, ‘तिमी मेरो खसम हौ ?’
त्यो खसम थिएन । नियत खराब गरेर घरभित्र पसेको कुनै दुष्ट थियो । तर, अँध्यारोको फाइदा उठाएर त्यसले जवाफ दियो, ‘हो, म तेरो खसम हुँ ।’
अँध्यारोमा उसले पुरुषलाई छामी । माया जाग्यो । उन्माद पनि जाग्यो । समर्पित भई ।
तर, केही घण्टापछि लोग्ने आयो । उसले जहान रातभरि अरूनै पुरुषसँग सुतेको थाहा पायो । ऊ दिक्दार भयो । भलादमी थियो, त्यसैले यो कुरा उसले गाउँमा कसैलाई भनेन । तर, उसको मन भने कुटुकुटु खान थालेको थियो । परपुरुषसितको सहवासका कारण जहान दुई जिउकी भएपछि उसले सहन सकेन । ऊ बौलायो र घर छाडेर अँध्यारोमा कता विलीन भयो कता ।
‘हाम्रो गाउँसित क्या भैना देउता औधी रिसाया छन् जस्तो छ ।’
सबैको मनमा देउतालाई खुसी पार्ने भन्ने चिन्ता थियो । उनीहरू राँको बालेर मन्दिरमा गए । अँध्यारोको फाइदा उठाएर कसैले मन्दिरबाट देउताको मूर्ति बेपत्ता पारिसकेको थियो ।
देउता हराएपछि गाउँले झन् चिन्तित भए । देउतालाई रिझाउन भजनकिर्तन गर्ने सल्लाह गरे । तर, सबै घरबाट भजनमा बजाउने बाजा हराइसकेका थिए । बिनाबाजाको भजन निरस भयो । देउता खुसी भएर गाउँ उज्यालो पारिदिएनन् ।
अँध्यारोकै कारण गाउँबाट खानेपानीका धारा हराउन थाले । अरू त अरू यही अँध्यारोको फाइदा उठाएर छेउछाउका उज्याला गाउँहरूले गाउँमा पस्ने कुलो आफ्ना गाउँतिर मोडे ।
अँध्यारोमा गाउँमा अनेक अनेक छाया सल्बलाउन थाले ।
‘हाम्रो गाउँमा अब भूतहरू आउन थाले ।’
गाउँ त्रस्त भयो । तर, अँध्यारोले एउटाको अनुहारको डर अर्कोले देखेन । बिस्तारै गाउँलेको अनुहारबाट भाव हराउन थाल्यो । अनुहारमा त्रास, खुसी, व्यथा सबै देखिन छाड्यो । अनुहार अर्थहिन भयो । अनुहारको प्रयोजन समाप्त हुन थालेपछि गाउँलेको शरीर र शिर बाँकी रह्यो, अनुहार हरायो ।
गाउँमा अनुहार नभएका बालबालिका जन्मिन थाले ।
हो, गाउँमा भूत आउन थालेका थिए । सेता र सुकिला छायाका भूतहरू ।
उसले हरेक दिन अलिअलि आगो जम्मा गरी रहेको थियो । उसलाई अझै विश्वास थियो र एक्लै फत्फताउँथ्यो, ‘एकदिन माटोमाटोबाट पैदा हुनेछन् धर्तिका लालहरू । तिनले फेरि आफ्नो मनमा बाल्नेछन् आगो । त्यही आगो जम्मा गरेर फेरि बनाउने छन् नयाँ सूर्य । एकदिन गाउँमा फेरि नयाँ सूर्योदय हुनेछ ।’
अँध्यारोले गाउँलेहरूलाई सुतुवा बनाइदिएको थियो । उनीहरू निदाएको निदायै गर्न थालेका थिए । उनीहरूलाई आफू कुन वर्ष, कुन महिना र कुन दिनदेखि सुतिरहेको भन्ने पनि थाहा हुन छाड्यो । घरघरका क्यालेण्डरमा ढुसी लागेको थियो । तोयनाथ पन्तको पात्रो कुहिसकेको थियो ।
सबै मस्त निन्द्रामा भएपछि घरघरबाट दुःखसुखका गीतको गुनगुन सुनिन छाड्यो । मादल बज्न छाड्यो । अँध्यारोमा गाउँको लय हरायो । सूर हरायो । संगीत र भाकाहरू हराए । क्रान्तिका कविता लेख्ने केही कवि थिए गाउँमा, तिनलाई पनि अँध्यारोले निल्यो । गाउँका कथा सुनाउने हजुरबा र हजुरआमा पनि कता हराए कता ।
भूतहरूले द्वन्दकालका बेला बैंकबाट लुटिएका रकम पनि गाउँमा ल्याए र त्यही पैसाले ठूलठूला होटल र डिपार्टमेन्टल स्टोर खोले । गाउँमा बैंक खुल्यो । सिनेमाघर खुल्यो । रेष्टुराँ खुले । भूतहरू उज्यालोसित घृणा गर्थे । त्यसैले अँध्यारो भूतहरूका लागि काइदाको कुरा थियो । त्यसैले अँध्यारो गाउँमा भूतहरूको ओहोरदोहोर बाक्लो भयो । भूतको संख्या बढ्यो र मान्छे घटे ।
मान्छेको संख्या घटे पनि पूरै सिद्धिएको पनि थिएन । चेतनाको बाँसुरी बजाउने केही वाद्यवादक गाउँमा अझै बाँकी थिए । भुइँमान्छेका गीत लेख्ने केही कवि गाउँमा अझै बाँकी थिए ।
तर, अँध्यारोमा बाजा बजाउन पनि गाह्रो । हात गलत ठाउँमा पुग्थे र सूरताल बिग्रन्थ्यो । कविहरूले नयाँ कविता लेख्न पाएका थिएनन् र पुराना कविताले अर्थ गुमाइसकेका थिए । ती गीत अब भूतहरूले गाउन थालेका थिए । भूतको आफ्नै अर्केष्ट्रा थियो । उनीहरूको क्लबमा तिनै पुराना क्रान्ति गीत बजिरहन्थे । पुराना गीतले भूतहरूलाई नोष्टाल्जिक बनाउँथ्यो र तिनीहरू लडाइँमा आफूले कुनकुन मोर्चामा विजय प्राप्त गरेको र कुनकुन मोर्चामा साथीले सहादत प्राप्त गरेको भनेर चर्चा गर्थे ।
त्यसरी चर्चा गरेता पनि भूतहरू अतीतको मोहबाट मुक्त भइसकेका थिए । उनीहरू अब ऐय्यास भइसकेका थिए । उनीहरू गाउँमा अट्टहास गर्दै हिँड्न थालेका थिए । तिनको अट्टहासले मान्छेलाई तर्साउँथ्यो । मान्छे झन् बढी त्रस्त भएका थिए ।
एक दिन बाँकी गाउँलेहरूले सल्लाह गरे, ‘अब यस्तरी हात बाँधेर हुन्न । हामीले उज्यालोको जोहो गर्नपर्छ ।’
अँध्यारोले गर्दा चिसो बढेको थियो र सलाइका काँटी ओसिएका थिए ।
आगो बल्ने काठ र दाउरा ओसिएका थिए । गाउँलेमध्येबाट एउटा नायक निस्कियो । उसले भन्यो, ‘हामी आगो बाल्न सक्छौं ।’
नायकका कुरा सुनेर गाउँले जिल्ल परे ।
‘न सलाई छ, न दाउरा । न घाम छ । कस्तरी बल्न्या हो आगो ?’
‘अँध्यारोविरुद्ध हाम्रो मनभित्र आगो बलेको छ । त्यो आगोलाई निकाल्नु पर्छ ।’ नायकले अनौठो कुरा ग¥यो । सबै चकित भए ।
तर, प्रयास गरे के हुँदैन ? मनको आगोले पनि राँको बल्न सक्छ । मनको आगोले पनि उज्यालो ल्याउन सक्छ । मनको आगोले पनि घाम उदाउन सक्छ ।’
गाउँले झन् चकित भए ।
नभन्दै नायकले मनको आगोले हत्केलामा सानो ज्योति बालेर देखाइदियो ।
‘आबुई, हो त । उज्यालो त हुनिरैछ ।’
गाउँलेलाई अलिअलि विश्वास भयो । उनीहरूले पनि नायकको अनुसरण गरे । उनीहरूले पनि मनको आगोलाई हत्केलामा ल्याए । आगो बल्यो । अलिकति उज्यालो भयो ।
‘यसरी अलिअलि गरेर हामीले आगो जम्मा गर्न थाल्यौं भने एक दिन हामीसित हाम्रोे आफ्नै सूर्य बनाउने आगो जम्मा हुनेछ ।’
सूर्यको कल्पनाले गाउँले आनन्दित भए । उनीहरूले आफ्ना आँखाबाट गायब भएका सपना फेरि देख्न थाले ।
गाउँलेहरूले मनको आगोलाई जम्मा गर्न थाले । उनीहरूले गोजीमा पनि आगो राखे । आफ्नो भकारीमा पनि आगो जम्मा गरे । घरभित्र पनि आगो थुपारे ।
भूतहरूको बैठक बस्यो । एकजनाले प्रस्ताव राख्यो, ‘प्रियभूतहरू ! गाउँमा हामी विरुद्ध षडयन्त्र हुन थालेजस्तो छ । गाउँलेले अलिअलि गर्दै थुप्रै आगो एकत्रित गरिसके । एकदिन उनीहरूले त्यही आगोबाट नयाँ सूर्य बनाएर गाउँको आकाशमा झुन्डयाउने छन् । त्यो उज्यालोमा हाम्रो सकली मुहार देखिने छ । हामी त्यो रापले डढ्नेछौं र सखाप हुनेछौं । समय हुँदै हामीले आगोविरुद्ध ठोस कदम चाल्नु जरुरी छ ।’
भूतहरूले गाउँमा दलाल ल्याए ।
दलाल गाउँमा घुम्दै गाउँलेलाई भन्न थाल्यो, ‘यस्तो गाउँमा बसेर के फाइदा ? कोरिया जानुस् । खाडी जानुस् । जापान जानुस् । फ्री भिसाको जिम्मा भूतको सरकारले गर्नेछ ।’
गाउँले जालमा फसिहाले । उनीहरूले आफूसित भएको अलिअलि आगो पनि बारीमा खाल्टो खनेर पुरिदिए ।
कोही जापान गए ।
कोही कोरिया गए ।
कोही खाडी गए ।
गाउँ पूरै रित्तो भयो ।
गाउँमा भूतको साम्राज्य स्थापित भयो ।
तर, एउटा नायक अझै बाँकी थियो ।
उसले हरेक दिन अलिअलि आगो जम्मा गरी रहेको थियो । उसलाई अझै विश्वास थियो र एक्लै फत्फताउँथ्यो, ‘एकदिन माटोमाटोबाट पैदा हुनेछन् धर्तिका लालहरू । तिनले फेरि आफ्नो मनमा बाल्नेछन् आगो । त्यही आगो जम्मा गरेर फेरि बनाउने छन् नयाँ सूर्य । एकदिन गाउँमा फेरि नयाँ सूर्योदय हुनेछ ।’
नायकले यस्तै भावका अनेक कविता लेखिरह्यो ।
नायकले यस्तै भावका अनेक कथा लेखिरह्यो ।
नायकले यस्तै भावका नाटक र काव्य लेखिरह्यो ।
एउटा भूत नायकको घरमा आयो र भन्यो, ‘तपाईको कविता कति राम्रो । तपाईँको गीत कति राम्रो । तपाईँका कथा कति राम्रा । तपाईको काव्य र नाटक कति राम्रा !’
नायकले धेरै दिनदेखि आफ्नो प्रशंसा सुनेको थिएन ।
ऊ गद्गद् भयो ।
नायक मक्ख प¥यो ।
केही थप भूत आए र उसलाई युगनायक भन्ने उपाधि दिए ।
एक दिन भूतहरूको सरकारी मुखपत्र पढ्दै गर्दा उसलाई जाडोमा पनि कताकता गर्मीको आभास भयो । उसले आफ्नो गर्र्मीको कारण खोजी गर्न थाल्यो । आफ्नोे मनभित्र उहिलेउहिले बल्ने गरेको आगोले नै गर्मी गरेको भन्ने थाहा पायो ।
नायक आफ्नो योगदानको कदर भएकोमा मक्ख प¥यो । भूतहरूले आकर्षक आवरण राखेर नायकका किताब पनि सरकारी भूतघरबाटै प्रकाशित गरे ।
नायकको कविता संग्रह हिट भयो ।
नायकको कथा संग्रह पनि हिट भयो ।
नायकका काव्य र नाटक पनि हिट भए ।
नायकको आख्यान पनि हिट भयो ।
नायक विभिन्न साहित्य सम्मेलनमा वक्ता भयो ।
नायक विभिन्न सरकारी कार्यक्रममा प्रमुख अतिथि बन्यो ।
भूतहरूले नायकलाई दोसल्ला ओढाएर अभिनन्दन गरे । नायकलाई ताम्रपत्र पनि दिए । नायकको रथयात्रा पनि गरे । नायकलाई आजीवन भत्ताको व्यवस्था गरे । नायकका नाममा अक्षयकोष स्थापित गरेर पुरस्कार पनि बाँड्न थालियो । नायकलाई रात्रिभोजको निम्ता आउन थाल्यो । हेर्दाहेर्दै नायक लोकप्रिय भयो ।
नायकले प्रशस्त कमायो । शहरमा घर बनायो ।
घरमा चिसोमा तातो र तातोमा चिसो हुने एयर कन्डिसन राख्यो ।
एक दिन भूतहरूको सरकारी मुखपत्र पढ्दै गर्दा उसलाई जाडोमा पनि कताकता गर्मीको आभास भयो । उसले आफ्नो गर्र्मीको कारण खोजी गर्न थाल्यो । आफ्नोे मनभित्र उहिलेउहिले बल्ने गरेको आगोले नै गर्मी गरेको भन्ने थाहा पायो ।
जाडोमा पनि उसले कोठा चिसो बनायो ।
कोठाको चिसो सँगै उसको मनभित्रको रहलपहल आगो पनि निभ्यो ।
अब नायकलाई त्यो आगोको आवश्यकता पनि थिएन । उसलाई अब आफ्नो गाउँ उज्यालो पार्नु पनि थिएन । आफ्नो गाउँमा नयाँ सूर्योदय हेर्नु पनि थिएन ।
नायक भूतहरूसँगै शहर पसेपछि गाउँमा अँध्यारो अझै गाढा भयो ।
एकदिन फूल, हिमाल र झरनाको कविता लेखिरहेका बेलामा एउटा बालक नायकको घरमा आयो ।
बालकले भन्यो, ‘म तपाईकै गाउँको बालक हुँ क्या हजुर ।’
नायकले पत्याएन ।
‘तिमी मेरै गाउँको हौ भन्ने प्रमाण के छ ?’
‘मेरो मनभित्र अलिअलि आगो अझै बाँच्याछ क्या हजुर ।’
कुनै बेला क्रान्तिको कविता लेख्ने नायक यस पटक बालकसित नराम्ररी डरायो । बालकलाई गढेर हे¥यो । बालकको अनुहारमा आफ्नै अनुहार देखेर चकित भयो ।
आत्तिएर नायकले ऐनामा हे¥यो । आफ्नो अनुहार छाम्यो ।
नायकको अनुहार गायब थियो ।
प्रकाशित: १७ जेष्ठ २०७७ ०३:३० शनिबार