कला

कोरोनाबारे सचेत गराउँदै भर्चुअल कला प्रदर्शनी

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको छ ।  लकडाउनमा महिलाहरूमाथि भइरहेको हिंसाबारे उनीहरू समेत सचेत हुन आवश्यक रहेको छ ।  

ठमेलस्थित काठमाडौं गेस्ट हाउसको म्युजियम अफ नेपाली आर्ट (मोना) ले आयोजनामा गरिरहेको ‘टेन्जेन्सियल स्ट्रेस’ अनलाइन कला प्रदर्शनीको यसै सन्दर्भमा केन्द्रित भएर विभिन्न चित्रकला राखिएका छन् । चित्रकार एरिना ताम्राकारले तयार गरेको ‘तेस्रो आँखा’ कला सिरिजमा उनले प्रयोग गरेको रातो रङलाई आक्रोशको संज्ञा दिएकी छिन् । 

उनका ‘तेस्रो आँखा’ कला सिरिजमा लकडाउनमा हिंसाको सिकार भएका महिलाहरूको प्रतिबिम्ब प्रस्तुत गरिएको छ । तेस्रो आँखा र मास्कले महिलालाई सुरक्षित बनाउने भाव चित्रकलाहरूमार्फत प्रस्तुत गरिएका थिए । कोराना भाइरसबाट बाँच्न मास्क अत्यावश्यक छ । 

हिन्दू र बौद्ध धर्ममा तेस्रो आँखालाई ज्ञानको संकेत मानिन्छ । ‘कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएको अवस्थामा महिलामाथि हुने हिंसाको कल्पना गरेर चित्रकला तयार गरेकी थिएँ,’ उनले भनिन्, ‘भगवानलाई तेस्रो आँखा नचाहिएका तर महिलालाई आफूमाथि भइरहेको हिंसाबारे थाहा पाउन यसको आवश्यक छ ।’

कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएसँगै प्रभावित रहेको कला प्रदर्शनीलाई क्युरेटर राजन शाक्यले नयाँपन दिएर भर्चुअल माध्यमबाट निरन्तरता दिएका छन् । अनलाइनबाट कला प्रदर्शनी अवलोकन गर्न उनले काठमाडौं गेस्ट हाउसको बगैंचा तीन यस ६० डिग्री

भर्चुअल टूर समावेश गराएका थिए । गत जेठ १ देखि सुरू भएको अनलाइन कला प्रदर्शनीमा १९ जना कलाकारहरूले कोरोना र लकडाउनलाई केन्द्रित गरेर तयार गरेको कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा दुईबाट मिथिला कला समेत समावेश गरिएको छ ।

कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएसँगै प्रभावित रहेको कला प्रदर्शनीलाई क्युरेटर राजन शाक्यले नयाँपन दिएर भर्चुअल माध्यमबाट निरन्तरता दिएका छन् । गत जेठ १ देखि सुरू भएको अनलाइन कला प्रदर्शनीमा १९ जना कलाकारहरूले कोरोना र लकडाउनलाई केन्द्रित गरेर तयार गरेको कला प्रदर्शनीमा राखिएका छन् ।   

‘यस किसिमको प्रयास नेपाली कलाको लागि नयाँ भएपनि प्रदर्शनी वेबसाइट अवलोकन गर्दा प्रदर्शनीस्थलमा पुगेको अनुभूति गराउँछ,’ क्युरेटर राजन शाक्यले भने, ‘घरमा बसेर कला तयार गरिरहेका कलाकारहरूलाई यस किसिमको कला प्रदर्शनीले प्रोत्साहित समेत गरेको छ ।’

प्रदर्शनीमा राखिएको गोविन्दलाल सिंह डंगोलको ‘दैव्य शक्ति’ चित्रकलाले कोरोना भाइरस महामारीको सिर्जना गरेको  

त्रास, एक्लोपन र असुरक्षाको अवस्थामा पृथ्वीलाई मास्क लगाएर प्रस्तुत गरिएको छ । कोरोना भाइरसका कारण संसारभरका मानिसले पाइरहेको दुःख र बाँच्नको लागि मास्क आवश्यक रहेको भाव देखाउँछ । ‘अहिलेको अवस्थामा मानिसहरू त्रसित भएका छन् । लकडाउन गरेरमात्र सुरक्षित नहुने भएकाले हामीले व्यवहार समेत सुधार्नुपर्छ,’ चित्रकार डंगोलले भने, ‘हामीले आशावादी हुन छाड्नु हुन्न ।’ 

प्रदर्शनीमा राखिएका कलाहरूमार्फत केही कलाकारहरूले परिवर्तनको आशा गरेका छन् । चित्रकार आशा डंगोलको ‘नयाँ अवतार’ चित्रकलाले मानिस र पशुको टाउको एकै शरीरमा राखिएको छ । ‘हामी जनावरहरूप्रति अमानवीय व्यवहार गर्दै आएका छौं,’ उनले भने, ‘यस चित्रमार्फत मैले  मानिसहरूलाई व्यवहार सुधार्न प्रेरित गरेको छु । उनीहरूले पशुप्रति दर्साउने व्यवहार सुधारेर अघि बढ्नेमा आशावादी छु । पशुहरूलाई शोषण नगरी स्वतन्त्रता दिनुपर्छ ।’  

चित्रकारहरूले कला प्रदर्शनीको लागि अनलाइन नयाँ प्लेटफर्म भएपनि दर्शकलाई प्रदर्शनीस्थलमा भएको अनुभूति गराउनेछ । कोरोना भाइरस महामारीले सिर्जना गरेको परिस्थितिमा यस्ता प्रदर्शनी प्रभावकारी हुने तर्क सहभागी चित्रकारहरूले गरेका छन् ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App