कला

हिरण्यकुमारीलाई अनेसास विशिष्ट महिला पुरस्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’बाट यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक पुरस्कृत हुने भएकी छन् । ९ मे २०२० मा बसेको अनेसासको कार्यसमितिको बैठकले पाठकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’, दुःस्वप्न’ (कथासंग्रह), ‘अव्यक्त’ (कवितासंग्रह), ‘श्री कृष्णलीला’, ‘मेहनती मोरी’, ‘दश महामुर्ख’, ‘रामकथा’, ‘चतुरे बन्यो नेता’, ‘चमत्कारी औँठी र धूर्त स्याल’,  ‘घमण्डी बाघ’ (बालकथा) र ‘गोमा संघर्षशील जीवनका पाटाहरु’, ‘तोत्र–प्रेम वृतान्त’, ‘सम्झनामा राममान तृषित’ (जीवनी कृतिहरु) प्रकाशित छन् ।

साहित्यिक संस्था गुन्जनकी अध्यक्ष पाठक त्रैमासिक साहित्यिक पत्रिका ‘नारीश्वर’ सम्पादकसमेत हुन् । उनीअघि यो पुरस्कार गीता खत्रीलाई प्रदान गरिएको थियो ।  पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

प्रकाशित: ३ जेष्ठ २०७७ १३:०२ शनिबार

कविता कला