कला

डिस होममा कोरियन सिरिजको च्यानल

काठमाडौं – संसारभर युवा पुस्ताहरूमा कोरियन गीत तथा सिरिजहरू लोकप्रिय हुँदै गएका छन्। युवा पुस्तालाई कोरियन गीत तथा सिरिजहरूमार्फत मनोरञ्जन दिन डिस होमले ‘च्यानल नम्बर ११३’ को सुरु गरेको छ। शुक्रबार प्रेस विज्ञप्तिमार्फत हिस होमले नयाँ च्यानलबारे जानकारी गराएको थियो।

यसमार्फत के–पप, माइ लिटिल बेबी, रिचम्यान, किङ इन द लभ र मेल्टिङ हर्टलगायत कोरियन गीत तथा सिरिजहरू प्रसारण हुनेछन्। ‘यस च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाइफ स्टाइल एचडी प्याकेजमा डिस होमका ग्राहकहरूको लागि उपलब्ध गराइएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘डिस होल गो (ओटिटी) एप्समा पनि यो च्यानल हेर्न सकिनेछ।

नेपाली टेलिभिजनको दर्शकमाझ विशेष च्यानलहरू संचालन गरिरहेको डिस होमले सञ्चालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।’

प्रकाशित: २ चैत्र २०७६ ०२:४६ आइतबार

डिस_होम कोरियन_सिरिज