कला

नेपाल लिकर्स र गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य सम्झौता

काठमाडौं– नेपाल लिकर्स प्राइभेट लिमिटेड र गायक दीपक बज्राचार्यबीच संँगीतिक सहकार्य गर्ने सम्झौता भएको छ। झण्डै तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएका गायक बज्राचार्यसँग काठमाडौंमा एक कार्यक्रमबीच दुईपक्षीय सम्झौता भएको हो।

कला संस्कृतिलाई प्रबद्र्घन गर्न तत्पर रहको र कम्पनीको स्थापनाकालदेखि नै बिभिन्न साँगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको नेपाल लिकर्सले जनाएको छ।

नेपाल लिकर्सका अनुसार सहकार्यले नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने र आगामी दिनमा पनि नेपाली गीतसंगीत तथा कलाकारहरूको उत्थानका निम्ति सधैं तत्पर रहने छ।

गायक बज्राचार्यसँग सहकार्यले नेपाली संगीतमा योगदान गर्न पुग्ने उल्लेख गर्दै यो सहकार्यले नेपाली संगीतको विकास तथा प्रबद्र्घनमा सहयोग पुर्याउनुका साथै महत्वपूर्ण भूमिका खेल्ने नेपाल लिकर्सको विश्वास छ।

 

 

 

 

प्रकाशित: २० फाल्गुन २०७६ १३:३१ मंगलबार

नेपाल_लिकर्स दीपक_बज्राचार्य