कला

सुरु भयो ‘विश्व नेपाली साहित्य महोत्सव’

धनगढी - सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ। बुधबार धनगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गर्दै सुदुरपश्चिम कला, साहित्य र संस्कृतिका उर्वरभूमि रहेको बताएकी थिइन्।

‘साहित्य समाजको ऐना हो। यसले सामाजिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने हुँदा राष्ट्रले साहित्य र भाषाको संरक्षणमा सहयोग पु-याउनुपर्छ,’उनले भनिन्, ‘महोत्सवले नेपाल र नेपालीको साहित्यिक पहिचानको प्रवद्र्धन गर्ने अपेक्षा गरेको छु।’ महोत्सवको उद्घाटनलगत्तै उनले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई एक लाख ११ हजार रुपैयाँसहित सम्मान गरेकी थिइन्।

‘यहाँको कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हो। हाम्रा पुर्खाहरूले हामीलाई सुम्पिएर गएका कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रोपनि दायिŒव हो,’सम्मानित संस्कृतिविद् सत्यमोहन जोशीले भने। सुदूरपश्चिम साहित्य समाजले आयोजना गरिरहेको महोत्सवमा अमेरिका, भारत र म्यानमारमा रहेका नेपालीभाषी साहित्यकारहरू सहभागी भइरहेका छन्। ‘कला, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन महोत्सवको आयोजना गरेका हौं,’आयोजक सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष रामलाल जोशीले भने, ‘संसारभर रहेका नेपालीभाषी साहित्यकारहरू महोत्सवमा सहभागी भएर कला, साहित्य र संस्कृतिको विकासको निम्ति अन्तक्र्रिया गर्नेछन्।’

एक साता चल्ने महोत्सवमा कविता वाचनदेखि साहित्यिक विषयमा अन्तक्र्रिया समेत हुनेछन्। साहित्यकार, कलाकारदेखि नेतासम्मले महोत्सवको दौरान विभिन्न छलफलमा सहभागी हुनेछन्। महोत्सवको अवधिमा सुदूरपश्चिम प्रदेश सरकारले खुला देउडा प्रतियोगिताको समेत आयोजना गर्दैछ। ‘संसारभर छरिएर रहेका साहित्यकारहरू महोत्सवमा सहभागी भएर कला, संस्कृति र साहित्यको विकासमा नयाँ आयाम थप्नेछन्,’ महोत्सव संयोजक यज्ञराज उपाध्ययले भने।

प्रकाशित: १५ फाल्गुन २०७६ ०२:२५ बिहीबार

विश्व_नेपाली_साहित्य_महोत्सव सुदूरपश्चिम