कला

छानिए 'फेस अफ नेपाल'

काठमाडौं – नेपाली मोडलहरूलाई अन्तर्राष्ट्रिय पहिचान दिन आयोजना गरिएको फेस अफ नेपाल २०२० को उपाधि स्मृति नेपाल र विवेक खड्काले जितेका छन्। दक्षिण कोरियाको फ्रेन्चाइज प्रतियोगिताको रूपमा राजधानीमा आयोजना भएको फेस अफ नेपालमा नफिसा श्रेष्ठ दोस्रो भएकी थिइन्।

विजेताहरूले आगामी वैशाख ३१ मा दक्षिण कोरियामा आयोजना हुने एसिया मोडल महोत्सवमा नेपालको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताकी विजेता स्मृति नेपालले पपुलर, नफिसा श्रेष्ठले फोटोजेनिक, मिलियुक्ता क्षेत्रीले वाक, सिम्रन शाक्यले पर्सनालिटी र कुञ्साङ वमजनले स्टाइलिस्टको उपाधि जितेका थिए। हरेक वर्ष हुँदै आएको एसिया मोडल महोत्सवअन्तर्गत आयोजना हुने प्रतियोगितामा प्रतिभाशाली एसियाली मोडल छनोट गरिनेछ।

प्रकाशित: १४ फाल्गुन २०७६ ०२:५४ बुधबार

नेपाली_मोडल