कला

श्रीदेवीको सम्झनामा भावुक जान्हवी कपुर

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री जान्हवी कपुरले स्वर्गीय आमा अभिनेत्री श्रीदेवीको सम्झनामा सामाजिक सञ्जालमा भावुक पोस्ट गरेकी छन्। स्वर्गीय अभिनेत्री श्रीदेवीको दोस्रो स्मृति दिवसमा उनले फोटोसहित पोस्ट राखेकी थिइन्, ‘हरेक दिन तपाईको याद आउँछ।’

सन् २०१८ को मार्च २४ मा दुबईको एक होटलको बाथटबमा डुबेर अभिनेत्री श्रीदेवीको निधन भएको थियो। अभिनेत्री कपुरले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटोसहित पोस्ट गरेलगत्तै बलिउड कलाकारहरूले स्वर्गीय अभिनेत्री श्रीदेवीको सम्झना गरेका थिए। सन् १९७५ मा ‘जुली’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी स्वर्गीय अभिनेत्री श्रीदेवीको ‘मिस्टर इन्डिया, हिम्मतवाला’, मवाली’, ‘चाँदनी’, ‘लम्हे’ र ‘नागिन’ लगायत फिल्महरूले चर्चा कमाएका थिए।

सन् २०१८ मा ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री कपुर ‘दोस्ताना २’, ‘रुही अफजाना’, ‘गुञ्जन सक्सेनाः द कार्गिल गर्ल’ र ‘तख्त’ फिल्ममा देखिदैछिन्।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:३३ मंगलबार

श्रीदेवी बलिउड