कला

मातृभाषा साहित्यमाथि विमर्श

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यमाथि विचार गोष्ठीको आयोजना भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मंगलबार राजधानीमा आयाोजित गोष्ठीमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारभरका मातृभाषाहरू जोखिममा परेको बताए।

‘संसारभरका मातृभाषाहरू जोखिममा परेको अवस्थामा नेपालमा भने संविधानले यसको संरक्षण गरेको छ। भाषा मानिसको जन्मसिद्ध अधिकार भएकोले त्यसको संरक्षण र संवद्र्धन गर्न सरकार उदारतापूर्वक लागिरहेको छ,’ उनले भने।

गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संसार बहुभाषिक भएको बताए। कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, योगेन्द्रप्रसाद यादव, लक्ष्मी माली, लवदेव अवस्थी र बाबुराम अधिकारी लगायतले बोलका थिए। त्यस्तै लवदेव अवस्थी, तारामणि राई र अस्मिता मानन्धरले भाषाका विभिन्न पक्षमाथि कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रतिष्ठानले आगामी फागुन ९ मा मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दैछ। यसपटक ५४ मातृभाषाका ६४ कविता वाचनका लागि छनोट भएको छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:१३ बुधबार

नेपाल_प्रज्ञा–प्रतिष्ठान मातृभाषा_साहित्य