कला

ट्यालेन्ट स्टार सिजन टु सम्पन्न

काठमाडौं – परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न भएको छ। सिजन टुका रूपमा राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा पाँचदेखि १५ वर्षसम्मका ४८ बालबालिकाको सहभागिता थियो। आयोजककाअनुसार मिनी, जुनियर र प्रिटिन गरी तीन विधामा भएको प्रतिस्पर्धाका विजेता सबैले आगामी चैत २६ गते हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउनेछन्।

प्रतियोगितामा मिनीतर्फ निभेस श्रेष्ठ, जुनियरतर्फ छिरिङ डोल्मा लामा र प्रिटिनतर्फ समीक्षा लामा उत्कृष्ट भए। मिनीतर्फ आयुषकुमार रजक, संगेमो लामा र बारिधी पौडेलले उपाधि जिते। त्यसैगरी जुनियरतर्फ रसिल श्रेष्ठ, रागभ कर्ण, जेसिका श्रेष्ठ, आरोन्सा गुरुङ, नेन्सी थापा मगर र युनिका अधिकारीले उपाधि हात पारे।

त्यस्तै प्रिटिनतर्फ खुसी शाही, छवि अग्रवाल, जोसिका ठकुरी, प्रजिक्ता श्रेष्ठ, अदिती कँडेल र श्रद्धा खेतानले सफलता पाए। बोइज प्रिटीनतर्फ भने विमिश गुरुङ, दिप्सन सिङ्खडा र अभिजित मानान्धर विजेता भए। प्रमुख निर्णायक रहेका क्यानका पूर्वटिम म्यानेजर पूर्ण लामाले सबै विद्यार्थीको प्रतिभा राम्रो रहेको उल्लेख गरे। बैंकर हेमा लामा, अमेरिकाकी सद्भाव दूत छिरिङ डोल्मा शेर्पा, साहित्यकार युवराज अधिकारी, मिस नेपाल–२०१९ की टप सेभेन रक्षा उप्रेती, संगीतकार शशीबिक्रम थापालगायतको सहभागिता थियो। आयोजक संस्थाकी सोनिया जिआरले ६ वर्षदेखि हुँदै आएको र विगतमा झैं यसपालि सबै विजेताले अन्तर्राष्ट्रिय सहभागिताको मौका पाउने बताइन्। कार्यक्रममा सांसद कोमल वलीले बालबालिकाको प्रतिभाको कदर गर्दै नेपाली कला तथा सांगीतिक क्षेत्रमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:५१ सोमबार

ट्यालेन्ट_स्टार बालबालिका