कला

सलमान र पूजा एकसाथ

मुम्बई,(एजेन्सी) – बलिउड अभिनेता सलमान खान र पूजा हेग्डे एकसाथ देखिने भएका छन्। अभिनेता खानको नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ मा अभिनेत्री हेग्डे देखिने पक्का भएको हो।

‘मोहनजो दाडहाउसफुल ४’ मा देखिसकेकी अभिनेत्री हेग्डे अभिनेता खानसँग देखिन लागेको जानकारी फिल्मका निर्माता साजिद नाडियाडवालाले गराएका हुन्।

‘अभिनेता अक्षयकुमारसँग हाउसफुल ४ मा देखिएकी उनी कभी ईद कभी दिवाली फिल्मको लागि काम गर्न इच्छुक देखिएकी छन्। अभिनेता खान र उनको जोडी यो फिल्ममा देखिने भएका हुन्,’ उनले भने। सो फिल्मलाई साजिद नाडियाडवालाले लेखेका हुन् भने निर्देशन फरहाद सामजीले गर्दैछन्। उनका अनुसार एक्सन कमेडी विधाको सो फिल्मको सुटिङ आगामी अक्टोबरबाट सुरु हुँदैछ।

प्रकाशित: २९ माघ २०७६ ०३:५९ बुधबार

सलमान_खान बलिउड