कला

वक्तृत्वमा प्रेम पहिलो

बाजुरा- जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा मार्तडीका प्रेम नेपाली पहिलो भएका छन्। ‘शिक्षाको रुपान्तरणमा युवाको भूमिका’ विषय खुला वक्तृत्वकला प्रतियोगितामा बडिमालिका-९ का प्रेम नेपाली पहिलो भएका हुन्।

बडिमालिका नगरपालिका र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सञ्चालित प्रतियोगितामा १२ जना प्रतिस्प्रर्धी सहभागी थिए। युवा प्रतिभा पहिचान र वाक क्षमता अभिवृद्धीका लागि सञ्चालित प्रतियोगितामा प्रथम भएका नेपाली प्रदेश स्तरीय वक्तृत्वकलामा पनि भाग लिन पाउने छन्।

नेपालीले प्रथम भएसँगै ५ हजार ५ सय ५ रुपैयाँसहित प्रमाण पत्र पनि प्राप्त गरेका छन्। भने प्रतियोगितामा द्धितीय बडिमालिका नगरपालिका-६ का मनबहादुर खड्काले नगद ३ हजार ३ सय ३३ रुपैयाँसहित प्रमाण पत्र र तृतीय भएका स्वामिकात्र्तिक खापर गाउँपालिका-२ का अर्जुन नेपालीले नगद २ हजार २ सय २२ रुपैयाँसहित प्रमाण पत्र पाएका छन्।

विजेतालाई राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले सम्मानसहित नगद पुरस्कार प्रदान गरेका हुन्। नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो।

 

प्रकाशित: २८ माघ २०७६ १३:०१ मंगलबार

वक्तृत्व पहिलो