कला

सेजलले गरिन् आत्महत्या

नयाँ दिल्ली – भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। भारतीय केबल च्यानल स्टार प्लसको ‘दिल तो ह्याप्पी हे जी’ सिरियलमा सिम्मी खोसलाको भूमिका निर्वाह गरिरहेकी उनको मृत्युको खबरलगत्तै भारतीय कलाकारहरूले उनीप्रति शोक प्रकट गरिरहेका छन्।

‘उनले आत्महत्या गरेको खबर आएलगत्तै खटिएको प्रहरी टोलीले उनको घरमा सुसाइड नोट भेटाएको थियो। सो सुसाइट नोटमा नीजि कारणले आत्महत्या गर्न बाध्य भएको लेखिएको छ। उनी डिप्रेसनमा रहेको जानकारी परिवारका सदस्यहरूले गराएका थिए ,’ भारतीय प्रहरी निरिक्षक सन्दीप कदमले भने। अभिनेता आमिर खान, भारतीय क्रिकेटरद्वय रोहित शर्मा र हार्दिक पाण्डेलगायतसँग विभिन्न विज्ञापनमा देखिसकेकी अभिनेत्री शर्मा वेभ सिरिजहरू देखिएकी थिइन्।

प्रकाशित: १२ माघ २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App