कला

आस्था राउतविरुद्ध पक्राउ पुर्जी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रहरी जवान रमिता श्रेष्ठले ड्युटीका क्रममा आफूमाथि अभद्र व्यवहार भएको जाहेरी दिएलगत्तै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसुरमा गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। यसअघि महानगरीय प्रहरी परिसरका अधिकारी उनीविरुद्धको पक्राउ पुर्जीको निवेदनसहित बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका थिए।

प्रहरी जवान रमिता श्रेष्ठले ड्युटीका क्रममा आफूमाथि अभद्र व्यवहार भएको जाहेरी दिएलगत्तै अनुसन्धानको निम्ति पक्राउ गरिने जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविद्र बोगटीले दिए। ‘आवेगमा कोहीमाथि अपशब्द बोल्नु हुन्न। प्रहरीमाथि लगाएका आरोप र अपशब्दको कारण खोज्नको निम्ति पक्राउ गर्न लागिएको हो। सो कुरा जाहेरीमा उल्लेख गरिएको छ,’ उनले भने।

सो जाहेरीमा आफूमाथि भएको अभद्र व्यवहारको छानबिन गर्न माग गरिएको छ। ‘ड्युटीमा खटिएको बेला अभद्र व्यवहार भयो। सो घटनाको छानबिन होस्,’ प्रहरी जवान श्रेष्ठले दिएको जोहरीमा उल्लेख गरिएको छ। उनीविरुद्धको आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

गायिका राउतले यसअघि प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। गतसाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जानेक्रममा चेकिङ हुँदा प्रहरी जवान श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत आक्रोश पोखेकी थिइन्।

एक प्रहरीबाट भएको दुव्र्यवहारलाई लिएर प्रहरी संगठनलाई बदनाम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिनको प्रक्रिया सुरु गरेको थियो। प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको टोलीले संयुक्त रूपमा सो भिडियोको अनुसन्धान थालेको थियो।

भद्रपुरमा ओर्लिएलगत्तै गाडीबाट फेसबुक लाइभ गरिएको सो भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको थियो। सो भिडियोमा गायिका राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी थिइन्। हाल गायिका राउत सांगीतिक कार्यक्रमको सिलसिलामा सिक्मिमा छिन्।

प्रकाशित: ६ माघ २०७६ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App