लस एन्जल्स – हलिउड फिल्म ‘जेम्स बन्ड’ का निर्माताले फिल्ममा बन्डको भूमिकामा महिला पात्र नहुने बताएकी छन्। निर्माता बारबरा ब्रोकोली र माइकल जी विल्सनले ‘जेम्स बन्ड’ को भूमिकामा कुनैपनि वर्णका हुनसक्छन् तर महिला हुने बताएका छन्। महिला बन्डलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा निर्माता ब्रोकोनीले ‘जेम्स बन्ड’ बारे बोलेकी हुन्।
एक अन्तर्वार्तामा उनलेले भनिन्, ‘जेम्स बन्ड कुनैपनि वर्णका हुन्छन्। तर उनी पुरुष हुनुपर्छ। म विश्वास छ हामीले महिलाको निम्ति दमदार नयाँ भूमिका सिर्जना गर्नुपर्छ। पुरुष पात्रको भूमिका महिलाले निवार्ह गरेर हेर्न मलाई रुचि लाग्दैन्। कारण महिलाहरू त्योभन्दा रोचक छन् जस्तो लाग्छ।’
‘जेम्स बन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ आगामी अप्रिलमा रिलिज हुँदैछ। अभिनेता डेनियल क्रेगको ‘जेम्स बन्ड’ संस्करणको यो पाँचौं र अन्तिम फिल्म हुनेछ। क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाई’ मा अभिनेता डेनियलबाहेक अना दे अर्मस र रामी मालेकलगायत कलाकारले अभिनय गरेका छन्। ‘जेम्स बन्ड’ को शीर्ष गीतमा पहिलो पटक कम उमेरकी गायिका बिली इलिसले स्वर दिएकी छन्।
यसअघिका संस्करणमा निर्माता ब्रोकोलीले श्वेत वर्णका अभिनेता र अभिनेत्रीका लागि अडिसन कल गरेको थिइन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निर्माता बारबरा ब्रोकोलीले फिल्मको परम्परालाई तोड्न कुनै संकोच नरहेपनि ‘जेम्स बन्ड’ को भूमिकामा महिला नहुने बताएकी थिइन्।
प्रकाशित: ५ माघ २०७६ ०३:२४ आइतबार