कला

प्रहरीविरुद्ध खनिइन आस्था

काठमाडौं – गायिका आस्था राउतले प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जानेक्रममा चेकिङ हुँदा एक महिला प्रहरीले दुर्व्यवहार गरेपछि सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत आक्रोश पोखेकी थिइन्।

एक महिला प्रहरीबाट भएको दुव्र्यवहारलाई लिएर प्रहरीलाई बदनाम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिनको प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको टोलीले संयुक्त रूपमा सो भिडियोको अनुसन्धान थालेको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाका अनुसार सो भिडियो प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत हेरेपछि छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताए। ‘एउटा प्रहरीले ड्युटीको क्रममा दुःख दिएको भनेर उजुरी दिन सकिन्छ। तर सम्पूर्ण प्रहरी प्रशासनमाथि आक्रोश पोख्नु गलत हो। उहाँले विमानस्थलमा आफूमाथि दुव्र्यवहार गरिएको भन्नुभएको छ। यस सम्बन्धमा गम्भिर छानबिन हुनेछ,’ उनले भने।

भद्रपुरमा ओर्लिएलगत्तै गाडीबाट फेसबुक लाइभ गरिएको सो भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। चेकजाँचका क्रममा महिला प्रहरीले ‘तँ’ भनेर सम्बोधन गरेको आरोप उनले उनले लगाएकी छन्। सो भिडियोमा गायिका राउतले प्रहरीलाई ‘डन्ठे’ र ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्। सांगीतिक प्रस्तुति दिन सिक्किम जानेक्रममा फ्ल्याइट डिले भएको थियो।

करिब ११ मिनेटको सो भिडियो उनले ‘प्रहरी मेरो साथी’ नारा मजाक भएको तर्क गरेकी छन्। ‘फ्लाइट छुट्न लागेको जानकारी गराउँदै छिटो चेक गरिदिन अनुरोध गर्दा एक महिला प्रहरीले झर्केर ज्याकेट खोल्नुस भनिन्। फेरि मलाई ज्याकेट खोल भनेको सुनिनस् भनिन्। ममाथिको दुव्र्यवहार अरुले देखिरहेका थिए। हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होला ?,’ उनले भनेकी छन्।

प्रकाशित: ३ माघ २०७६ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App