कला

जोकर सर्वाधिक ११ विधामा मनोनीत

लस एन्जल्स – विश्वको प्रतिष्ठित अस्कर अवार्डको ९२ औं संस्करको मनोनयन सार्वजनिक भएको छ। अभिनेता ज्याकिन फिनिक्स अभिनित फिल्म ‘जोकर’ यसवर्षको अस्कर मनोनयनमा सर्वाधिक ११ विधामा मनोनयनमा परेको छ। आगामी फेब्रुअरी ९ मा लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समाराेहबीच वितरण हुने अस्कर अवार्डअन्तगर्त ‘जोकर उत्कृष्ट फिल्म, निर्देशकर अभिनेता लगायत ११ विधाको मनोनयनमा परको छ। यसअघि ‘टाइटानिक’ र ‘अल अबाउट इभ’ पनि १४ विधामा मनोननयमा परका थिए।

द एकेडेमी अफ मोसन पिक्चरआर्ट्स एन्ड साइन्सले सार्वजनिक गरेको मनोनयन सूचीमा कोरीयन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म, निर्देशक, पटकथा र अन्तर्राष्ट्रिय फिल्मसहित ६ विधामा मनोनीत भएको छ। यस वर्षको उत्कृष्ट फिल्मको सूचीमा मार्टिन स्कोरसेजीको ‘द आइरसम्यान’, क्वन्टिन टेरेन्टिनोको ‘वन्स अन अ टाइम इन हलिउड’, टोड फिलिप्सको ‘जोकर’ र साम मेन्डिसको ‘१९१७’, बोङ जोको ‘प्यारसाइट’, ‘फोर्ड भर्सेस फर’, ‘जो जो -याबिट’, ‘लिटल वुमन’ र ‘म्यारीज स्टोरी’ मनोनीत भएका छन्। 

उत्कृष्ट निर्देशकको विधामा मार्टिन स्कोरीसेजी (द आइरसम्यान), क्वन्टिन टेरेन्टिनो (वन्स अपन अ टाइम इन हलिउड), बोङ जो हु (प्यारासाइट), टोड फिलिप्स (जोकर र साम मेन्डिस (१९१७) मनोनयनमा परेका छन्। उत्कृष्ट अभिनेत्री विधामा राेनी जेल्वेगर (जुडी), चार्लिज थेर्रन (बमसेल), सउराइज राेनान (लिटल वुमन), स्कारलेट जोन्सन (म्यारिज स्टोरी) र सिन्थिया एरिभो (हर्रियत) ले प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्ट अभिनेता विधामा ज्याकिन फिनिक्स (जोकर) , पेन एन्ड ग्लोरी (एन्टोनियो बान्डेरस), लियोनार्डो डिक्याप्रियो (वन्स अपन अ टाइम इन हलिउड), एडम ड्राइभर (म्यारिज स्टोरी) र जोनाथन प्रेइसी (द टु पोप्स) मनोनीत भएका छन्।

सह–अभिनेतामा ब्राड पिट (वन्न अपन अ टाइम इन हलिउड), अल पचिनो र जोय पेसी (द आइरिसम्यान), टम ह्यांक्स (अ ब्युटीफुल डे इन नेवरहुड) र एन्थोनी हप्किन्स (द टु पोप्स) मनोनयनमा परेका छन्। ‘द आइरीसम्यान’, ‘१९१७’ र ‘वन्स अन अ टाइम इन हलिउड’ १० वटा विधामा मनोनीत भएका छन्। अन्तरराष्टिय फिल्मको विधामा ‘प्याासाइट’, ‘पेन एन्ड ग्लोरी ‘हनील्यान्ड’, ‘लेस मिजरेबल्स’र ‘क्रोपर क्रिस्टी’ मनोनीत भएका छन्। द एकेडेमी अफ मोसन पिक्चर्स आर्टस् एन्ड साइन्सले गर्ने सो समाराेहमा २४ विधामा अवार्ड वितरण गरिनेछ।

प्रकाशित: १ माघ २०७६ ०६:०८ बुधबार

जोकर अस्कर_अवार्ड