कला

थारू समुदायमा माघी रौनक

 कैलाली – ‘सखियै हो माघ्क गुरीगुरी जाँर’  थारू समुदायमा जाँडलाई एक विशेष प्रकारको खान्कीकै रूपमा लिइन्छ। थारू समुदायले जाँड कुल देउतालाई प्रसादका रूपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन्। त्यही जाँडलाई मुख्य लयका रूपमा ढालिएको गीतले अहिले कैलाली कञ्चनपुरका थारू बस्ती गुञ्जयमान बनेका छन्।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर दाङलगायत २४ जिल्लाका थारू समुदायमा मघौटा, धमार झुम्रा नाचमा रमाउन थालेका छन्। यस्तै थारूहरू माघमा भलमन्सार गुरुवाको चयनका लागि पनि तयारी गर्ने हुँदा गाउँगाउँमा नयाँ गुरुवार भलमन्सा चुन्नका लागि चहलपहल भइरहेको छ। अन्य समुदायले माघीका रूपमा मनाउने माघे संक्रान्तिलाई थारू समुदायले भने नयाँ वर्षका रूपमा मनाउने गर्छन्। माघीमा विशेषगरी बंगुरको मासु, माछा, घोंगी, गंगटालगायत खानाका परिकार खाने चलन रहिआएको छ। माघीमारक्सी नखाए देउतारिसाउने कथन छ। बच्चादेखि बुढाबुढीले समेत चाख्नैपर्ने थारू अगुवाको भनाइ छ।

 पुसको अन्तिम दिनलाई थारू समुदायले पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गर्छन्। पुरानो वर्षको बिदाईका रूपमा पुसको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन छ। ‘जीता’को प्रसादसँगैरातभर जाग्राम बस्दै मघौटा धमा, झुमा नाच नाच्ने गर्छन्। यस्तै माघे संक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा गई नुहाएर आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गर्छन्। विशेष स्नानपछि विवाहित छोरीचेली निसराउ (चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार) दिने परम्परा छ। जसलाई थारू भाषामा ‘उपहार’ भनिन्छ। 

थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरीरमाइलो गर्ने गरिन्छ। यो पर्वका अवसरमा थारू समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्दछन्। माघ महिनाभर थारू समुदाय विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरीरमाइलो गर्ने गरिन्छ। नयाँ वर्षर माघी पर्वलाई विशेष रूपमा माघी दिवानी (विशेष छलफल) गरिन्छ। त्यसदिन छलफलका माध्यमबाट थारू समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सार गुरुवा भनिन्छ।

प्रकाशित: १ माघ २०७६ ०५:५३ बुधबार

कैलाली थारू_बस्ती