कला

नख्खु कारागारमा पुस्तकालय

ललितपुर – ललितपुरको नख्खु कारागारमा पुस्तकालय स्थापना गरिएको छ। कारागारअन्तर्गत लागुऔषध सुधार केन्द्र, सामुदायिक सुधार केन्द्र र नयाँ ब्लकमा छुट्टाछुट्टै पुस्तकालय स्थापना गरिएको हो।

कैदीलाई अध्ययन गर्न सजिलो बनाउन तिनै ठाउँमा स्थापना गरिएको पुस्तकालयको कारागार प्रमुख सुरेन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका थिए। ती पुस्तकालयमा राजनीतिक, सम–मामयिक र साहत्यि गरी तीन हजारका दरले करीब ९ हजार पुस्तक रहेको कारागारका सूचना अधिकारी नरेन्द्र परियारले जानकारी दिए।

कैदीबन्दीमा सकारात्मक सोचको विकास होस् भन्ने अभिप्रायले पुस्तकालय स्थापना गरिएको कारागार प्रमुख पौडेलले बताए। त्यस्तै कारागारका तीन वटै ब्लकमा आयआर्जन तथा सीप विकासको लागि गलैंचा उद्योग स्थापना गरिएको छ। उद्योगमा कैदीले गलैंचा तयार पारेबापत पारिश्रमिक पाउने गर्दछन्। यसअघि कैदीले ज्याकेट, टोपी, गलबन्दी, मुडा बनाएर आयआर्जन गरिरहेका थिए। नख्खु कारागारमा हाल ३७ प्रकारका विभिन्न अपराधमा स्वदेशी विदेशीगरी एक हजार ५५० कैदीबन्दी छन्।

प्रकाशित: २५ पुस २०७६ ०४:२३ शुक्रबार

नख्खु_कारागार पुस्तकालय