कला

निर्माता हार्भेलाई बलात्कार र दुर्व्यवहारको आरोप

न्युयोर्क (एजेन्सी)– हलिउडका फिल्म निर्माता हार्भे विन्स्टनलाई फेरि बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेको छ।

सन् २०१३ मा दुई दिनको अवधिमा एक महिलालाई बलात्कार र अर्कीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

लस एन्जलस काउन्टी जिल्लाकी अधिवक्ता ज्याकी लेसीले विज्ञप्तिमार्फत फिल्म निर्माता हार्भे विन्स्टनले पद र शक्तिको दुरुपयोग गर्दै पीडित महिलाहरूलाई बलात्कार र यौन हिंसा गरेको आरोपहरूको सामना गनुपर्ने जनाएकी छन्। ‘हामीलाई विश्वास छ, प्रमाणहरूलाई आधार मान्ने हो भने प्रतिवादीले आफ्नो शक्ति र प्रभावको प्रयोग गरी पीडितहरूको पहुँच प्राप्त ग‍रेर उनीहरूविरुद्ध हिंसा गर्थें,’ उनले भनिन्।

सोही प्रकारको आरोपसम्बन्धी फौजदारी मुद्दाको पेशीमा न्युयोर्क अदालत उपस्थित भएको उनीविरुद्ध केही समयपछि लस एन्जलस मुद्दा दर्ता भएका थिए।

एक पीडितका अनुसार सन् २०१३ मा हलिउड फिल्म महोत्सवमा सहभागी हुँदा निर्माता विन्स्टन उनी बसेको होटलको कोठामा आएर बलात्कार गरेका थिए। निर्माता विन्स्टनको धम्कीका कारण उनले सो घटनाबारे बोल्न नसकेको बताएकी छन्।

हलिउडका प्रभावशाली निर्माता विन्स्टनले शक्तिको दुरुपयोग गर्दै धेरै महिलाहरूलाई यौन हिंसा र बलात्कार गरेको समाचार सन् २०१७ मा

न्युयोर्क टाइम्स र द न्युयोकरले प्रकाशन गरेको थियो। मिटु अभियानको दौरान ८० भन्दा बढी महिलाहरूले उनीविरुद्ध बलात्कार र दुव्र्यवहार गरेको आरोप लगाएका छन्।

यसअघि अस्कर अवार्डको आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेजले उनलाई बोर्डको सदस्यबाट बर्खास्त गरेको थियो। निर्माता विन्स्टनविरुद्ध बलात्कार र यौन उत्पीडनसँग जोडिएका खबर आएपछि उनी विरुद्ध एकेडेमीले भनेको थियो, ‘सहकर्मीलाई सम्मान गर्न योग्यता नभएको निर्माता विन्स्टनलाई हामी बर्खास्त गरेर यौन हिंसा जस्तो व्यवहार तथा कार्यस्थलमा हुने उत्पीडनको अन्त्य भएको सन्देश दिन चाहन्छौं।’

सन् २०१७ मा उनीविरुद्ध न्युयोर्क र लस एन्जलसमा पीडित महिलाहरूले यौन शोषण र बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेका थिए। अमेरिका र बेलायतका प्रहरीले उनीबिरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि अनुसन्धान गरिरहेको थियो।

अभिनेत्री एन्जेलिना जोलीले निर्माता विन्स्टनले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिएन्। त्यसबाहेक अभिनेत्री ल्यासेट एन्थोनी, केट बेकिस्, कारा डेलविंग्रे, एमा थाम्पसन र जेन फोंडालगायतले निर्माता विन्स्टनमाथि दुव्र्यवहार र बलात्कारको आरोप लगाएका थिए।

प्रकाशित: २३ पुस २०७६ ०४:४३ बुधबार

हार्भे_विन्स्टन हलिउड फिल्म_निर्माता