कला

'पुस्तकमा पुरस्कार'

रोल्पा - रोल्पाली साहित्यकार रमेश सुवेदीले ‘रापतीका साहित्यिक पुरस्कारहरु’ नामको खोज मुलक पुस्तक बजारमा ल्याएका छन्। रोल्पा, रुकुम, दाङ, प्युठान र सल्यानमा स्थापना गरिएका विभिन्न पुरस्कारहरुको दस्तावेजका रुपमा उक्त पुस्तक बजारमा आएको हो। १ सय १९ बटा विभिन्न पुरस्कारहरुको बारेमा पुस्तकमा चर्चा गरिएको छ।

राप्ती साहित्य परिषदका महासचिव समेत रहेका नेपाल सुवेदीले यसअधि बिधिन्न ५ वटा कृती प्रकाशन गरिसकेका छन्। मनको तरेलीमा र त्रिबेणी गजल संग्रह बजारमा ल्याएका सुवेदीका चिनारी, सभ्यता र जुहार गीति एल्वम पनि बजारमा छन्। दर्जन बढी साहित्यिक सम्मान थापेका उनी नेपाल सरकारका प्राविधिक उप सचिव समेत हुन्।

भर्खरै प्रकाशित पुस्तकका बारेमा प्राज्ञ केशव सुवेदी भन्छन् ‘पाठकहरुलाई यो कृति पुरस्कारहरुको बिबरणिका जस्तो लाग्न सक्छ तर गहिरिएर हेर्ने हो भने यसले रापतीका क्षेत्रको साहित्यिक ईतिहास निर्माणको एउटा गम्भीर उत्तरदायित्व पुरा गरेको छ।’ प्राज्ञ सुवेदी थप्छन् ‘पुस्तकको अध्ययनबाट रापतीका साहित्यिक संघ सस्था, स्थापित साहित्यिक पुरस्कार तथा पुरस्कृत प्रतिभा र कृतीको संयुक्त ईतिहास निर्माण भएको छ।’

‘यो पुस्तक एक प्रकारको दस्ताबेज हो। यसले पुरस्कार स्थापना गर्नेको खोजी, सम्मान र न्याय गरेको छ।’ लेखक सुवेदीले भने ‘पुस्तक पढेपछि कस्ता ब्यक्तित्वहरु पुरस्कृत भए भन्ने जानकारी आउछ।’ पौष ५ गते राप्ती साहित्य परिषदले दाङको घोराहिमा साहित्यकार तथा पत्रकार नारायण शर्मा, प्राज्ञ केशव सुवेदी र अमर गिरीमार्फत पुस्तकको लोर्कापण गरेको थियो।

तिलक प्रसाद पुनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय छ। श्वेतकाली छापाखाना, लगनटोल काठमाण्डौले बजारमा ल्याएको १ सय ४ पृष्ठको पुस्तकका लेखक रमेश सुवेदी सुनिलस्मृती गाउँपालिका ६ गजुल रोल्पाका स्थायी बासिन्दा हुन्।

 

प्रकाशित: २० पुस २०७६ ०७:२० आइतबार

पुस्तक पुरस्कार