कला

साहित्यकार बैरागी काइँला सम्मानित

कास्की – कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीका अवसरमा साहित्यकार तिलविक्रम नेम्वाङ (बैरागी काँइला) सम्मानित भएका छन्। लेखनाथ साहित्य प्रतिष्ठान र कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिद्वारा मंगलबार कवि शिरोमणिको जन्मस्थल अर्घौअर्चलेमा संयुक्त रूपमा आयोजित कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा स्थापित लेखनाथ साहित्य पुरस्कार–२०७६ बाट ५० हजार रुपैयाँ, सम्मान पत्र र दोसल्लासहित गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले साहित्यकार काँइलालाई सम्मान गरेका थिए। नेपाली साहित्यका क्षेत्रमा योगदान पु¥याएबापत उनलाई सो सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा प्रदेश प्रमुख शेरचनले साहित्य लेखनका माध्यमबाट लेखनाथ पौड्यालले महŒवपूर्ण योगदान पु¥याएको बताए। कवि शिरोमणिको जन्मस्थल र जन्मघरको संरक्षणका साथै संग्रहालय निर्माण गर्नुले उनको योगदानलाई बचाउन महŒवपूर्ण टेवा पुग्ने बताउँदै प्रदेश प्रमुख शेरचनले जन्मस्थललाई साहित्यको केन्द्रका रूपमा विकास गर्ने गरी भइरहेका प्रयासमा आफ्ना तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले कवि शिरोमणिको जन्मस्थललाई सिर्जनाग्रामका रूपमा विकास गर्ने गरी काम थालिएको बताए। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, प्राज्ञ भुवन ढुंगाना, तीर्थ श्रेष्ठ र शुक्रराज अधिकारी लगायतले कवि शिरोमणि लेखनाथले नेपाली साहित्यका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए।

कार्यक्रमअघि प्रदेशशेरचन र साहित्यकार बैरागी काइँलालगायतले कवि शिरोमणिको जन्मघर, संग्रहालयलगायतका संरचना अवलोकन गर्दै त्यहाँको समग्र विकासका सम्बन्धमा भइरहेका प्रयास सम्बन्धमा जानकारी लिएका थिए।

प्रकाशित: १७ पुस २०७६ ०३:१४ बिहीबार

लेखनाथ_पौड्याल बैरागी_काँइला