कला

धिमे बाजा प्रतियोगिता हुने

भक्तपुर- भक्तपुरमा यस वर्ष धिमे बाजा प्रतियोगिता हुने भएको छ। भक्तपुर नगरपालिकाले शुक्रबार गरेको सांस्कृतिक गुरुहरुसँंगको भेला कार्यक्रममा उक्त जानकारी दिइएको हो।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आइसकेपछि बाँसुरी बाजा र धाँ बाजा प्रतियोगिता गरिसकेको र यस वर्ष धिमे प्रतियोगिता आयोजना गर्ने बताए।

उक्त प्रतियोगितालाई व्यवस्थित रुपमा लैजान गुरुहरुको राय–सुझावलाई प्राथमिकता दिएर भेलाको आयोजना गरेको उनले बताए। नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई नाचगानको राजधानी र बाजागाजाको सहर बनाउन सांस्कृतिक गुरुहरुको महत्वपूर्ण भूमिका रहेको बताइन्।

 

प्रकाशित: १२ पुस २०७६ ०९:३६ शनिबार

धिमे_बाजा प्रतियोगिता