कला

‘गल्ली ब्वाई’ लाई चोरीको आरोप

मुम्बई – ‘गल्ली ब्वाई’ फिल्म अस्कर अवार्डको छनोट चरणबाट बाहिरिएसँगै चोरी भएको आरोप लागेको छ। ९२ औं अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचरअन्तर्गत १० फिल्मले प्रतिस्पर्धा गरेका छन्। अभिनेत्री कंगना रनोटकी बहिनी रंगोलीले यो फिल्म हलिउड फिल्मको कपी भएको टिप्पणी गरेकी छन्। ‘भारतबाट अस्करमा छनोट भएको गल्ली ब्वाई हलिउड फिल्म एट माइलबाट कपी गरिएको छ। यहाँका फिल्म माफिया र समिक्षकले राम्रो भनेपनि उरी र मणिकर्णिकाजस्तो वास्तविक कथामा आधारित छैन्। आफ्नो फिल्मबाट कपी गरिएको फिल्मलाई हलिउडले किन अवार्ड दिन्छ रु,’ उनले ट्वीट गरेकी थिइन्।

यसअघि ‘गल्ली ब्वाई’ फिल्मलाई ९२ औं अस्कर अवार्डअन्तगर्त उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा भारतबाट अफिसयल रुपमा छनौट गरिएको थियो। भारतीय बक्स–अफिसमा हिट अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनित यस फिल्मलाई फेडरेसन अफ इन्डियाले अस्कर पठाएको थियो। राष्ट्रिय अवार्ड विजेता निर्देशक तथा अभिनेता पार्थिबनले ‘गल्ली व्बाई’ हलिउड फिल्म ‘एट माइल’ को कपी भएको दाबी गरेका थिए।

प्रकाशित: ३ पुस २०७६ ०४:४९ बिहीबार

गल्ली_ब्वाई चोरी