कला

‘ग्रामी अवार्ड’ मा नेपाली मनोनीत

काठमाडौं – नेपाली सांगीतिक ब्याण्ड १९७४ एडीका पूर्व सदस्य तथा बाँसुरी वाद्यक मनोज सिंह ग्रामी अवार्डको मनोनयनमा परेका छन्। सन् २०२० को लागि सार्वजनिक भएको ग्रामी अवार्डमा मनोनीत भएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका थिए।

उनी ग्रामी अवार्डको ‘बेस्ट न्यु एज एल्बम अफ द इयर’ विधामा ‘देवा’ एल्बमबाट कन्टेम्प्रोरी म्युजिकअन्तर्गत उनी मनोनीत भएका थिए। उनले संगीतकार देवा प्रेमलसँग सहकार्य गरेर सो एल्बममा सहकार्य गरेका थिए। ‘संगीतकार देवा र मिटेनले मलाई फोन गरेर आश्र्चयजनक समाचार सुनाए।

हामी ग्रामी अवार्डको मनोनयनमा परेका छौं,’ उनले फेसबुकमा लेखेका थिए। ग्रामी अवार्डको ६२ औं संस्करण आगामी जनवरी २७ मा लस एन्जलसमा आयोजना हुँदैछ। सन् १९९८ मा नेपाल छाडेका उनीले संसारभरको २५ भन्दा बढी देशका संगीतकारहरूसँग सहकार्य गरेर विभिन्न संगीत सिर्जना गरिसकेका छन्।

प्रकाशित: ९ मंसिर २०७६ ०३:४२ सोमबार

ग्रामी_अवार्ड मनोनयन देवा