कला

टुबोर्ग ओपन सेसन्स्–२ मा ‘हराउन चाहन्छु’

काठमाडौं – नेपाली रक ब्यान्ड मंकी टेम्पलको ‘हराउन चाहन्छु’ गीतको लाइभ रेकर्डको प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा सार्वजनिक भएको छ। च्यानल आरबिट्ररीले गत वर्ष सुरु गरेको टुबोर्ग ओपन सेसन्स् नामक युट्युब सिरिजको दोस्रो सेसन्स्मा मंकी टेम्पलको ‘हराउन चाहन्छु’ गीत समावेश गरिएको थियो।

मंकी टेम्पलको चौथो एल्बम ‘अजम्बरी’ मा रहेको ‘हराउन चाहन्छु’ गीत टुबोर्ग ओपन सेसन्स्–२ मा प्रस्तुत गरिएको हो। सो गीतलाई अमेरिकी ब्याण्ड क्यान्डल बक्स्का पिटर क्लेटले रिमिक्स् र गिटारिस्ट दिपेश श्रेष्ठले संगीत दिएका थिए। यो गीत मंकी टेम्पलको सांगीतिक विधाबाहेक आर एण्ड बी शैलीमा प्रस्तुत भएको छ।

सन् १९९८ बाट सांगीतिक यात्रा सुरु गरेको मंकी टेम्पलका ‘गहिरो’, ‘सँगै बाँचौन’, ‘समय’ र ‘अजम्बरी’ गीतहरु चर्चामा छन्। सरिन देउजा, दिपेश श्रेष्ठ, जेनिस महर्जन र प्रताप रिसाल आवद्ध सो ब्यान्डले फरक शैलीका गीत तयार गर्ने गर्छन्। टुबोर्ग ओपन सेसन्स्–२ नामक युट्युब सिरिजमा नेपाली संगीतमा आवद्ध कलाकारको स्टुडियोमा लाइभ रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ। टुबोर्ग ओपन सेसन्स्को पहिलो सिजनमा ५१ वटा गीतहरु च्यानल आरबिट्ररीमार्पmत सामाजिक सञ्जाल युट्युबमा अपलोड गरिएको थियो।

प्रकाशित: १९ कार्तिक २०७६ ०४:४३ मंगलबार

मंकी_टेम्पल रक_ब्यान्ड_मंकी टुबोर्ग_ओपन