कला

महाकविकाे सम्झनामा गोष्ठी

सप्तरी – प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन्।

प्रगतिशिल लेखक संघ सप्तरीले महाकवि देवकोटाको १११औं जन्मजयन्तीका अवसरमा सप्तरीको कञ्चनरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै मण्डलले देवकोटाका सिर्जनाहरू साहित्य अनुरागीका लागि मात्र नभएर सबैका लागि प्रेरणादायी रहेका बताए।

त्यस्तै प्रतिनिधिसभा सदस्य सरिता गिरीले गुणात्मक रूपमा नेपाली साहित्यको भण्डार भरेका महाकवि देवकोटाका सशक्त र सामाजिक चेतनायुक्त रचनाले नेपाली साहित्यको गरिमा बढाएको बताइन्। प्रलेसका उपाध्यक्ष मेघराज पौड्याल, वसन्त कुमार, उत्तम शर्मा, मनोहर पोखरेल र नन्दलाल आचार्यले महाकवि देवकोटाको साहित्यिक योगदानको चर्चा गरेका थिए। कार्यक्रममा महाकविको सम्झनामा विभिन्न साहित्यकारले कविता वाचन गरिएका थिए।

प्रकाशित: १४ कार्तिक २०७६ ०३:३८ बिहीबार

महाकवि सम्झना