कला

नक्कली बिहेको कार्डका कारण तनावमा आलिया

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री आलिया भट्ट नक्कली विवाहको कार्डका कारण तनावमा छिन्। भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जालमा उनी र अभिनेता रणवीर कपुरको नक्कली विवाहको कार्ड भाइरल भएपछि कुनै प्रतिक्रिया नदिइकन हाँसेर टारेकी छिन्।

मुम्बई एअरपोर्टमा भेटिएकी उनले सञ्चार माध्यमले विवाहको कार्डमाथिको सत्यताबारे सोधेको प्रश्नलाई हाँसेर जवाफ नदिई फ्याइटको निम्ति हतारिएको जनाएको छ। सो नक्कली विवाहको कार्डमा अभिनेत्री भट्ट र अभिनेता कपुरको विवाह मिति सन् २०२० को जनवरी २२ तारिक तोकिएको छ।

‘म के भनौं ? हैन्,’ हतारिदैं अभिनेत्री भट्टले भनिन्। सो नक्कली कार्डमा अभिनेत्री भट्टको पिताको नाम महेश भट्ट नभएर मुकेश लेखिएको छ। यसअघि बलिउडका फिल्म निर्माता करण जोहरले एक कार्यक्रममा अभिनेत्री भट्टलाई सोधेका थिए, ‘अभिनेत्री करिना कपुर तिम्री आमाजु हुन्छिन् भनेर कल्पना गरेकी थियौं ?’ अभिनेत्री भट्टले जवाफ दिन नपाउँदै करिनाले भनेकी थिइन्, ‘म संसारको खुसी महिला हुनेछु।’

प्रकाशित: ६ कार्तिक २०७६ ०४:१६ बुधबार

आलिया_भट्ट रणवीर_कपुर विवाह_कार्ड