कला

कलामा सांकेतिक भावको खोजी

काठमाडौं – कलाकार हरिओम मेहताले ‘कथा’ शीर्षकमा सुगौली सन्धि र त्यस विपरितको व्यवहारलाई भत्कन लागेको चापाकललाई विम्ब बनाएर सांकेतिक भाव प्रस्तुत गरेका थिए। थापाथलीस्थित मार्टिन चौतारीमा ‘रणभूमिमा म’ शीर्षकमा आयोजना गरिएको कला छलफलमा कलाकार हरिओम मेहताले सहभागीहरुले कला क्षेत्रको विकासमा ठोस कदम चाल्न नसकिएको भन्दै गुनासो गरेका छन्।

छलफलका क्रममा मेहताले अरूले के गरेभन्दा पनि आफूले के गर्ने र गरें भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिँदै हरेकले आ–आफ्नो क्षेत्रबाट कलाको विकासमा सक्दो योगदान गर्नुपर्ने आवश्यक भएको बताए।

राजधानीमा जस्तो कलाको भाव बुझ्ने र चासो लिने व्यक्तिहरुको तराईमा कमी रहेको महसुस गरेको बताए। ‘इतिहासलाई आत्मसात गर्नुपर्ने र सामाजिक विकृतिलाई अन्त्य गर्नतर्फ कलाकारहरू भूमिका खेल्नुपर्छ’, मेहताले भने, ‘प्रतिनिधि पात्र ‘म’ मार्फत उर्वर भूमिमाथि शक्तिको आडमा मानिसमाथि शोषण गरेर उर्वर भूमिलाई कसरी रणभूमिमा परिणत गर्छन् भन्ने कुरा सांकेतिक रुपमा देखाउन खोजेको हुँ।’

सप्तरी घर भएका मेहताले कला छलफलका क्रममा अहिलेसम्म आफूले गरेको काम र प्रदर्शनीको बारेमा जानकारी दिँदै नेपालको मौलिक संस्कृति, परम्परा र पुरातात्विक क्षेत्रलाई पुरातत्व विभागमा मात्रै सीमित नगरी इतिहासका धरोहर र संस्कृति बारेमा बुझाउने प्रयास स्वरुप विभिन्न जिल्लामा पुगेर चित्रकला प्रदर्शनी गरेको जानकारी दिए।

प्रकाशित: ६ कार्तिक २०७६ ०४:०३ बुधबार

कला_छलफल