कला

फिल्ममा महिलाका कथा

काठमाडौं- नेपाली फिल्म संस्कृतिको विस्तारका निम्ति थापाथलीस्थित मार्टिन चौतारीमा ‘लघु चलचित्र प्रर्दशन तथा छलफल’ नामक कार्यक्रमको आयोजना गरिएको छ। ओनियन फिल्म्स्ले आयोजना गरेको कार्यशालामा सहभागीहरूले बनाएको विभिन्न विषयमा आधारित ६ वटा फिल्महरू आइतबार मार्टिन चौतारीमा प्रर्दशन गरिएको थियो।

कार्यक्रममा पवन ढकालको ‘बबिया’, पवित्रा खड्काको ‘धर्को’,रेवती गुरुङको ‘राजोवती’, लुनिभा बज्रचार्यको ‘दुर्गा’, श्रीलतारानाको ‘बधः लेट हर ब्रेथ’र सुजता गुरुङको ‘रुवा’ फिल्म प्रर्दशन भएका थिए । तराईको कथावस्तु समेटिएको ‘बबिया’ मा छोरीको विवाहको निम्ति बाबुले मृगौला बेच्नुपरेको अवस्था समावेश गरिएको छ। ‘धर्को’ मा भने वैदेशिकरोजगारमा गएको महिलार उनको छोराछोरीमा पर्ने असरको कथालाई समावेश गरिएको छ । महिनावारीको विषयलाई समेटेर प्रस्तुत गरिएको ‘दुर्गा’ कुप्रथामा आधारितरहेको छ।

त्यस्तै ‘राजोवती’ फिल्ममा पहिलो पटक महिनावारी भएकी किशोरीको कथालाई प्राथमिकता दिइएको छ। ‘बधः लेट हर ब्रेथ’ मा भने नेपाली समाजमारहेको छोराछोरीबीचको विभेदलाई समावेश गरिएको छ।

महिलाका कथावस्तु समेटिएका फिल्महरू प्रदर्शन गरिएका थिए। महिलाको विषयमा आधारित ६ वटा फिल्ममा समावेश पात्रर कथा निर्देशकले खोजेका हुन्। साधारण नेपाली भाषाको प्रयोग गरी बनाइएको फिल्मको कथामा निर्देशक आफैंले भोगेकार देखेका घटनालाई समेटिएको निर्देशकहरू बताउँछन्।

प्रकाशित: ५ कार्तिक २०७६ ०७:१० मंगलबार

नेपाली_फिल्म महिला कथा